रिलायन्स लाइफ इन्स्योरेन्समा कसको कति लगानी ?

२१ फाल्गुन २०७९, आईतवार १२:५५

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साधारणसभा सम्पन्न भएको छ । कम्पनीमा सेयरधनीमा ९ व्यक्ति तथा कम्पनी रहेका छन् । सबैभन्दा बढी सिद्धार्थ बैंकको १२.५७ प्रतिशत अर्थात २६ करोड ४० लाख कित्ता रहेको छ । कम्पनीले सानिमा लाइफ इन्स्योरेन्स मर्जरमा जाने भएका छन् ।

अग्नि होल्डिङ प्रालिको ४.७६ प्रतिशत अर्थात् १० करोड कित्ता, सभिता केडियाको २.३१ प्रतिशत अर्थात् ४ करोड ८६ लाख कित्ता, मनोज कुमार केडियाको १.९० प्रतिशत अर्थात् ४ करोड कित्ता सेयर स्वामित्व रहेको छ ।कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म पवन कुमार अग्रवालको १.९० प्रतिशत अर्थात् ४ करोड, देवराज राजभण्डारीको १.९० प्रतिशत अर्थात् ४ करोड, भरत कुमार तोदीको १.४२ प्रतिशत अर्थात् ३ करोड, नरेन्द्र कुमार अग्रवालको १.४२ प्रतिशत अर्थात् ३ करोड, रिसी अग्रवालको १.३१ प्रतिशत अर्थात् २ करोड ७५ लाख कित्ता र राहुल अग्रवालको १.१९ प्रतिशत अर्थात् २ करोड ५० लाख कित्ता सेयर स्वामित्व रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*