ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा, लगानीको वातावरण सिर्जना हुन सकेन: अध्यक्ष मल्ल

२१ फाल्गुन २०७९, आईतवार १३:३१

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायित्वका लागि ब्याजदर फेरबदल नहुने प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवातमै निश्चित ब्याजदर कायम गर्ने र पछि परिवर्तन नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने दाबी गरे ।

दोलखा चेम्बरको आयोजनामा भएको महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा भएको उच्च ब्याजदरका कारण व्यवसायिक गतिविधि ठप्प प्राय भएको बताए । उनले भने ‘ब्याजदर १५÷१६ प्रतिशतसम्म कायम छ । ऋण लिएर व्यवसाय गर्ने वातावरण छैन, उद्योगी व्यवासायीहरु पलायन हुने अवस्था सिर्जना भएको छ ।’

बैंक तथा वित्तीय संस्थाले आधार दरमा लिने प्रिमियम उच्च हुँदा पनि ऋणीहरु मर्कामा परेको अध्यक्ष मल्लले बताए । उद्योग तथा साना व्यवसायमा सामुहिक लगानी माफर्त नयाँ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेकोमा अध्यक्ष मल्लले जोड दिए । कृषि, पर्यटन तथा साना उद्योगको विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*