युनियन लाइफद्वारा ५० लाख रुपैयाँको बीमा दाबी भुक्तानी

२१ फाल्गुन २०७९, आईतवार १३:४३

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ ।

कम्पनीको बुटवल शाखाले बीमित बिरेन्द्र पौडेलको असमायिक निधन भएकोले उनकि श्रीमती अमृता पौडेललाई बीमा दावी वापतको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीबाट स्वर्गिय बिरेन्द्र पौडेलले ५० लाख रुपैयाँको बीमा गरेका थिए । बीमा गरेको ३ महिनामै उनको मृत्यु भएकोले बीमा कम्पनीले उनको  चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रती हार्दिक सहानुभूति प्रकट गरेको जनाएको छ ।

कम्पनीले एक कार्यक्रममको आयोजना गरी लुम्बिनी प्रदेश प्रमुख बुद्ध बहादुर सुर्यबम्सीले उनकि श्रीमति अमृता पौडेललाई बीमा दाबी बापतको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*