सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा
२१ फाल्गुन २०७९, आईतवार १४:१८

काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको हो ।
बैंकले विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्ने भएपनि कति कित्ता र सेयरको मूल्य प्रतिकित्ता न्युनतम मूल्य कति हो स्पष्ट पारेको छैन ।
इच्छुक लगानीकर्ताले उक्त सेयर खरिद गरी बोलकबोल पेश गर्न बैंकले आग्रह गरेको हो । बैंकको उक्त सेयर खरिद गर्न संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिनुपर्नेछ ।