माया खोला हाईड्रोपावर कम्पनीले आइपीओ जारी गर्ने, शेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल

२१ फाल्गुन २०७९, आईतवार १५:२२

काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनीले आफ्नो शेयर रजिष्ट्रार र सम्बन्धित परामर्श सेवा प्रदायकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ ।

शुक्रबार कम्पनी र क्यापिटल बिच सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाइएको छ । उक्त सम्झौतामा मायाखोला हाईड्रोपावर कम्पनीकातर्फबाट प्रबन्ध संचालक श्री दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स् क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

माया खोला हाईड्रोपावर कम्पनीले फाल्गुनको पहिलो साताबाट विद्युत उत्पादन परिक्षण गरीरहेको छ भने सिटिजन्स् क्यापिटलले धितोपत्र निष्काशन, सामूहिक लगानी कोष तथा पोर्टफोलियो लगानी व्यवस्थापन ९साथै अन्य मर्चेन्ट तथा इन्भेष्टमेन्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*