बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे व्यापार ? (प्रदेशस्तर तथ्यांक सहित)

२२ फाल्गुन २०७९, सोमबार ०७:५३

काठमाडौं । हाल नेपालमा संचालित जीबन बीमा ब्यबसाय गर्ने बीमकहरुले माघ महिना सम्म बिभिन्न बीमालेखहरुबाट ७ प्रदेशबाट कुल ८३ अर्ब ३९ करोड १४ लाख बीमा व्यवसाय भित्राएका छन् ।संचालनमा रहेका कम्पनीहरुले विभिन्न प्रदेशहरुबमट सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धि सावधिक, बैदेशिक रोजगार म्यादि, म्यादि र लघु जीवन बीमा वापत सो रकम संकलन गरेको हो ।

जीवन बीमा कम्पनीहरु बिभिन्न बीमालेखहरुबाट कोशी प्रदेशबाट ९ अर्व ९३ करोड ७० लाख रुपैयाँ, मधेस प्रदेशबाट कुल ७ अर्ब ५८ करोड ३ लाख रुपैयाँ, बाग्मती ३८ अर्व ३ करोड ६९ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, गण्डकि प्रदेशबाट कुल ८ अर्ब २८ करोड, ४५ लाख रुपैयाँ, लुम्बिनी प्रदेशबाट कुल ११ अर्ब ९२ करोड, ५८ लाख, कर्णाली प्रदेशबाट ३ अर्ब ४२ करोड १६ लाख रुपैयाँ र सुदुरपश्चिम प्रदेशबाट ४ अर्ब २० करोड ५१ लाख रुपैयाँ संकलन गर्न सफल भएका छन् ।

नेपालमा संचालनमा रहेका निर्जिबन बीमा कम्पनीहरु ७ प्रदेशबाट माघ महिनासम्ममा बिभिन्न बीमालेखबाट २३ अर्ब ६ करोड २९ लाख रुपैयाँ संकलन गर्न सफल भएका छन् । कम्पनीहरुले माघ महिनासम्म सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु र कृषि तथा बालि बीमा लेखबाट उक्त रुपैयाँ संकलन गरेको हो ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको बीमालेखको प्रदेशगत विवरण अनुसार कोशी प्रदेशबाट २ अर्व १३ लाख रुपैयाँ, मधेश प्रदेशबाट १ अर्व ४५ करोड २१ लाख रुपैयाँ, बाग्मती प्रदेशबाट १५ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, गण्डकी प्रदेशबाट १ अर्व ३२ करोड ३४ लाख, लुम्बिनि प्रदेशबाट २ अर्व १३ करोड ३९ लाख, कर्णाली प्रदेशबाट २१ करोड ५२ लाख रुपैयाँ र सुदुरपश्चिम प्रदेशबाट ६० करोड ७५ लाख रुपैयाँ बीमालेखहरुबाट संकलन गरेको छ ।
निर्जिवन बीमा कम्पनीहरुले बाग्मती प्रदेशबाट सबैभन्दा बढी र कर्णाली प्रदेशबाट सबैभन्दा कम बीमा शुल्क आर्जन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*