एभरेष्ट बैंकद्वारा ‘नेपाल प्रहरी – एभरेष्ट बैंक छात्रवृत्ती अक्षय कोष’ स्थापना

२१ फाल्गुन २०७९, आईतवार १८:००

काठमाडौं । एभरेष्ट बैंकले एक कार्यक्रमका बिच संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने अमर।सहिद एवम् अशक्त, अवकाश प्राप्त, प्र.का.स. देखि प्र.व.ह. दर्जा सम्मका उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका सन्ततीहरुलाई उत्प्रेरणा स्वरुप जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोषबीच २५ लाख रुपैयाँको “नेपाल प्रहरी – एभरेष्ट बैंक अक्षय कोष” को स्थापना गर्ने सम्बन्धको समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त कार्यक्रममा नेपाल प्रहीका प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको उपस्थितिमा नेपाल प्रहरी प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरिक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशव राज पौडेलले हस्ताक्षर गरेका छन् । सो कार्यक्रमा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुका साथै बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीको समेत उपस्थिति रहको थियो ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त स्थापना गरिएको अक्षय कोषबाट नेपाल प्रहरीका अमर÷सहिद एवम् अशक्त, अवकाश प्राप्त अधिकारीहरुका सन्ततीहरुलाई स्थापित अक्षय कोषले शैक्षिक जिवन उन्नत बनाउने विश्वास व्यक्त गरेका थिए ।

बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*