महिला लघुवित्तको साधारण सभा सम्पन्न, ५० प्रतिशत लाभांश प्रस्ताव पारित

२१ फाल्गुन २०७९, आईतवार १८:००

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज (फागुन २१ गते, आइतबार) सम्पन्न भएको छ । संस्थाको पाचौँ वार्षिक साधारण सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा सम्पन्न गरिएको थियो ।

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

यसका साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष तारा कुँवरद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ ।

त्यसैगरी, सभाले संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावलीका केही दफा तथा नियमहरूलाई संशोधन गर्ने, संस्थाले अन्य इजाजतप्राप्त ‘घ’ बर्गका लघुवित्त संस्थाहरुलाई गाभिने र गाभ्ने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्नेरगाभिने प्राप्ति एक्विजिसन तथा खरिद सम्बन्धी समझदारीपत्र, संस्थाको प्रवन्धपत्र तथा नियामावली संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरुबाट आवश्यक निर्देशन गरेमा सोहि बमोजिम प्रवन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिर्माजन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पुर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पनि पारित गरिएको छ ।

कम्पनीका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले सभा सञ्चालन गरेका थिए । सभालाई सव्य र भव्य पार्नको लागि उपस्थित सेयरधनीहरुलाई संचालक समितिका सदस्य सुभास जमरकट्टेलले स्वगत मन्तव्य राखेका थिए । त्यसै गरी सभाका प्रमुख अथिति तुल्सी थापाले संस्थाको प्रगति र उन्नतिको शुभकामना व्यक्त गरेको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*