एनआईसी एसिया लघुवित्तद्धारा लाभांश घोषणा

२१ फाल्गुन २०७९, आईतवार १९:२०

काठमाडौं । एनआईसी एसिया लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको हो । संस्थाको संचालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको कुल १४.७५ प्रतिशतले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृपछि आगामी पाँचौँ वार्षिक साधारणसभाबाट पारित भएपछि लागू हुने गरी वितरण गर्ने निर्णय संस्थाले गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*