हेटौंडामा बैंकविरुद्ध उद्योग वाणिज्य संघको प्रदर्शन

२१ फाल्गुन २०७९, आईतवार १९:३१

काठमाडौं । देशैभर बैंक तथा वित्तिय संस्थाको विरुद्ध आवाज उठिरहेको अवस्थामा हेटौंडामा पनि बैंक विरुद्ध विरोध प्रदर्शन भएको छ। बैंक तथा वित्तिय संस्थाको चर्को व्याज र अनावश्यक दवावका कारण प्रताडित हुनुपरेको भन्दै मकवानपुरका उद्योगी व्यवसायीहरुले हेटौंडामा विरोध प्रदर्शन गरेका हुन्। मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आइतबार दिउँसो हेटौंडामा उद्योगी व्यवसायीले कालो ब्यानरसहित विरोध प्रदर्शन गरेका हुन्। चर्को व्याजदरको विरुद्ध सम्बन्धित बैंक तथा वित्तिय संस्थामा ज्ञापनपत्र समेत बुझाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*