एशियन लाइफद्वारा ८ लाख रुपैयाँको बीमा दावी भुक्तानी

२३ फाल्गुन २०७९, मंगलवार ०९:५५

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखा कार्यालयले बिमितकि आमा मिना देबी शाहिलाई बीमा दावी रकम हस्तान्तरण गरेको हो ।

बीमित शागर शाहिको गाडी दुर्घटना परी मृत्यु भएपश्चात बीमा बापतको रकम उनकि आमा मिना देवी शाहिलाई ८ लाख ८३ हजार ८ सय ४७ रुपैयाँको चेक कर्णाली प्रदेश डेपूटी रिजनल म्यानेजर बीर बहादुर भण्डारीले हस्तान्तरण गरेका हुन् ।

उक्त मृृत्युदाबी कार्यक्रममा उपस्थित कम्पनीका सिनियर बिजिनेस म्यानेजर लोक प्रसाद ढकाल, भुपेन्द्र बहादुर शाही , प्रबेशमान मानन्धर, मिलन श्रेष्ठ, बसन्तराज गौतम र सूर्खेत शाखाको मार्केटिङ रिलेशनसिप म्यानेजर ऋषी बहादुर थापा मगर लगायत स्थानीयबासीको सहभागीता रहेको थियो ।

बीमित तथा मृतक सागर शाहीको मृत्युमा कम्पनीले दिएको मृृत्युदाबी रकमले आश्रित परिवारलाई र्आिर्थक राहत भएकोले, मानीसहरुले आफ्नो क्षमता अनुसारको बीमा गर्दा आफु हुँदा आफैलाई र नहुदा आश्रित परीवारहरुलाई आर्थिक सारथी हुने भएकोले अनावश्यक खर्चहरुलाई कटाएर भए पनि अनिवार्य रुपमा प्रत्येक मानीसहरुले जीवन बीमा गर्नु पर्ने र अझै बीमा सम्बन्धी थप सेवा चुस्त राख्न नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय स्थापना भएको र जिवन बिमा अनिवार्य हो भन्ने धारणा बिमा प्रधिकरण प्रदेश प्रमूख पदम प्रसाद सोडारीले बताए ।

कम्पनीले देशभर शाखा र उपशाखा गरी १५१ स्थानबाट बीमा सेवा प्रदान गर्दै आईरहेको यस कम्पनीमा बीमा गरेका बिमितको जिवनमा मृत्यू भएमा आश्रीत परीवारको घर दैलोमा दाबी भुत्तानी का साथै कर्णालीका दुरदराजमा यस्ता सेवा सूविधा दिने गरेको र यस कम्पनीमा बीमा गरेका बीमितलाइ सेवा छिटो छरीतो गरीरहेको र आगामी दिनहरुमा अझै कम्पनीबाट दिने सेवा गाउँगाउमा गएर सबै नागरिकहरुलाई आयश्रोतको आधारमा बीमा गराई जीवन बीमाको सेवा दिलाउने डेपूटी रिजनल म्यानेजर बीर बहादुर भण्डारीले बताउनु भयो । बीमा सम्बन्धि प्रचार प्रसार बीमा सेवा घर घरमा पुरयाउने मानिसको आय श्रोत अनुसारको बीमा अनिवार्य रहेको सिनियर बिजिनेस म्यानेजर लोक प्रसाद ढकालले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*