नेशनल लाइफका उत्कृष्ट अभिकर्तालाई बर्दिया भ्रमण

२१ फाल्गुन २०७९, आईतवार २०:५४

कोहलपुर । नेशनल लाइफमा आबद्ध रहेका उत्कृष्ट बीमा अभिकर्ताहरुको बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले गत बैशाख महिनामा सञ्चालन गरेको बसन्त उत्सव प्रोत्साहन योजनामा सहभागी भई लक्ष्य पुरा गरेका पाँच दर्जनभन्दा बढि अभिकर्ता तथा एजेन्सीहरुलाई बर्दिया राष्ट्रिय निकुञ्जमा पुर्याएर तालिम तथा सम्मान समेत गरी घुमफिर कार्यक्रम सम्पन्न गरेको हो ।

फागुन १८ गते सुरु भएको कार्यक्रम २१ गते सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता प्रबन्धक तथा मार्केटिङ प्रमुख विवेक शर्माले गरेका थिए । त्यस्तै, एजेन्सी प्रमुख सुशिल राणा अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा कर्णाली प्रदेश प्रमुख दीप नारायण खनालले स्वागत गरेका थिए ।

कार्यक्रममा पटक पटक नेपालका प्रथम भइसकेका एजेन्सी म्यानेजर शंकर अशान्तको पनि उपस्थिति रहेको थियो । स्थानीय टीका रिसोर्टबाट सुरु भएको कार्यक्रम जङ्गल सफारी, भिलेज टुर एवम थारु संस्कृतिको रोमाञ्चक दृष्यावलोकनसँगै बर्दियाको पर्यटन प्रबद्र्धनमा समेत योगदान पुगेको विश्वास गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*