छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२३ फाल्गुन २०७९, मंगलवार १०:२७

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीले चैत १० गते २१औं वार्षिक साधारण सभा गर्ने जनाएको छ । कम्पनीको फागुन ४ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल सामना प्रालि मकवानपुर, हेटौंडामा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

कम्पनीले यस वर्ष गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी २ अर्ब ३२ करोड ४१ लाखको आधारमा २२ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*