श्रीमानलाई होलीको अवसरमा आइएमई लाइफको १० लाख रुपैयाँको बीमा पोलिसी उपहार

२३ फाल्गुन २०७९, मंगलवार १२:०६

काठमाडौं । बीमा पोलिसी आफन्तजनहरुलाई उपहार दिने प्रचलन बढ्दो छ । जन्मदिन, बार्षिकोत्सव, दशैं, तिहार जस्ता पर्वहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन पछिल्ला दिनहरुमा बढ्दै गएको छ ।

यसैबीच, काभ्रेको पाचखाल घर भई हाल ललितपुरको च्यासलमा बस्दै आएकि सिता राई दनुवारले पनि होलीको अवसरमा आफ्नो श्रीमान सानुकान्छा हनुवारलाई बीमा पोलिसी उपहार दिएकि छिन् । उनले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको १० लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपहार दिएकि हुन् ।

पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकको व्यक्तिलाई उपहार स्वरुप बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड चलेको छ । विवाह, पास्नी, जन्मदिन र विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना परिवार, इष्टमित्र, साथीभाईलाई जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ ।

यस्ता खालका अवसरहरुमा अन्य भौतिक वस्तु भन्दा बीमा उपहार दिदा भविष्यमा हुन सक्ने जोखिम बहन हुन जान्छ । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरु ठाउँ–ठाउँमा गर्दा पछिल्लो समय मानिसहरुमा बीमाको महत्व बुझ्न थालेका छन् ।

यस्तैमा विवाह वा चाडपर्वहरुमा अन्य वस्तु भन्दा बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्डले बीमा क्षेत्रको लागि सबल पक्ष मानिन्छ । प्रायजसो जीवन बीमा पोलिसी उपहार दिदा आइएमई लाइफ इन्स्योरेन्सको बीमा पोलिसी खरिद भएको देखिन्छ ।

यसअघि सिन्धुपाल्चोक वडा नम्बर ८ घर भई हाल च्यासल, ललितपुरमा बस्ने सुभास श्रेष्ठ र कुमारी श्रेष्ठले छोरी जन्मिएको केही दिनमा नै छोरीको नाममा १० लाख रुपैयाँको बीमा गराइदिएका थिए । सुभास र कुमारीले आइएमई लाइफको गठ्ठाघर शाखाबाट ‘बाल किरण जीवन बीमा’ पोलिसी खरिद गरिदिएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*