प्रदेशको यातायात व्यवसायीसँग बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

२९ फाल्गुन २०७९, सोमबार १६:०५

काठमाडौं । प्रदेशको यातायात व्यवसायीसँग बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा यातायात व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कर्णाली प्रदेश सरकारको भैतिक पूर्वधार उर्जा तथा जलस्रोत मन्त्री मंगल बहादुर शर्माको प्रमखु अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरणका कर्णली प्रदेश कार्यलय प्रमख प्रदम प्रसाद सोडारी, प्रमुख अतिथि भैतिक पूर्वधार उर्जा तथा जलस्रोत मन्त्री मंगल बहादुर शर्मा, विशिष्ट अतिथिमामा उक्त प्रदेशका राज्यमन्त्री उर्मीला विश्वकर्मा, बिशेष अतिथिमा भैतिक पूर्वधार उर्जा तथा जलस्रोतका निमित सचिव श्रीमान् रमेश सुवेदी र अतिथिमा मन्त्रालयका अधिकृत तथा सूचना अधिकारी भीम बहादुर कार्कीको उपस्थितीमा संचालन गरिएको थियो ।

कार्यक्रममा स्वागत मनत्व्य भने विनोद भुसालले दिएका थिए भने कार्यक्रम प्रस्तुतीकरण कर्णली प्रदेश कार्यलय प्रमख प्रदम प्रसाद सोडारीले गरेका थिए ।
कार्यक्रममा सहभागी यातायात व्यवसायिहरुले प्रिमियम मूल्य बढाएर भएपनि उपचार खर्च बढाउनुपर्ने धारणा राखेका थिए । त्यस्तै, बीमा दाबी भुक्तानीमा भएको झन्झटीले प्रकृया र डकुमेन्टको कार्यमा बीमितलाई दुख दिएको भन्दै गुनासो व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं कर्णली प्रदेशका प्रमुख अतिथि भैतिक पूर्वधार उर्जा तथा जलस्रोत मन्त्री मंगल बहादुर शर्माले ट्राफिक सम्बन्धी र बीमा सम्बन्धनी कार्यक्रम आगामी दिनमा समेत गनुपर्ने बताए ।
त्यस्तै, कर्णली प्रदेशका राज्यमन्त्री उर्मीला विश्वकर्माले बीमित र बीमक बीचको असम्झदारी हटाउनुपर्ने सुझाव दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*