बरिष्ठ कलाकार मोहन निरौला चुनावी मैदानमा

३ चैत्र २०७९, शुक्रबार १२:३३

काठमाडौं । वरिष्ठ कलाकार मोहन निरौला चैत ४ गते शनिबार हुने नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदको उम्मेदवार बनेका छन् । नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितिका लागि वरिष्ठ कलाकार निरौलाले अध्यक्षमा आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।

भोलि चैत ४ गते शनिवार हुने निर्वाचनका लागि बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ३५ वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय निरौलाले आफ्नो समूहको उम्मेदवारहरूको नाम सार्वजनिक गरेका हुन् ।

मोहन निरौलाको प्यानलबाट उपाध्यक्षमा डीबी बम्जन र कविता गेलाल तथा महासचिवको उम्मेदवार अभिनेता सविन श्रेष्ठ छन् । निरौला प्यानलको सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल र सह–कोषाध्यक्षमा पवित्रा आचार्य (निर्विरोध) छन् । सह–कोषाध्यक्षकी उम्मेदवार अभिनेत्री आचार्यले बिहिबार नै आफू निर्वाचित भएको जानकारी गराएकी छिन् ।

सदस्यहरूमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल छन्दे, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा उम्मेदवार छन् ।

अध्यक्षका उम्मेदवार कलाकार निरौलाले संघको भवन तथा कार्यालय व्यवस्थापन, सामाजिक सुरक्षा, कलाकारको वृत्तिविकासलाई मुख्य एजेन्डा बनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*