सिटिजन लाइफद्धारा प्रिमियम मूल्यमा आईपिओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दर्ता, दुई अर्ब १३ करोड प्रिमियम संकलन गर्ने

३ चैत्र २०७९, शुक्रबार १५:२४

काठमाडौं । सिटिजन लाइफले प्रिमियम मूल्यमा आईपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको छ । कम्पनीले बोर्डमा आज आवेदन दर्ता गराएको हो ।

कम्पनीले कूल एक करोड १२ लाख ५० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँमा १९० रुपैयाँ प्रिमियम थप गरी कूल २९० रुपैयाँमा बिक्री गर्न बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले एक करोड १२ लाख ५० हजार कित्ता आईपिओ बिक्रीबाट अतिरिक्त दुई अर्ब १३ करोड ७५ लाख रुपैयाँ थप पुँजि संकलन गर्नेछ । साथै कम्पनीले शेयर पुँजि बापत एक अर्ब १२ करोड ५० लाख रुपैयाँ पुँजि थप हुनेछ ।
कम्पनीमा ठूलो मात्रामा पुँजि थप हुने हुँदा बीमितले थप लाभ प्राप्त गर्नेछन् भने बीमितले पाउने बोनसदर समेतमा बृद्धि हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*