चार जीवन बीमा कम्पनीको शेयर मूल्य ५ सय रुपैयाँ माथि, बाँकिको शेयर मूल्य कति ?

४ चैत्र २०७९, शनिबार ०८:३२

काठमाडौं । बीमा बजारमा पुँजिवृद्धिको रौनक छाँउदा समेत जीवन बीमा कम्पनीहरुको शेयर मूल्य बढ्न सकेको छैन । यो साताको अन्तिम कारोबारसम्म्मा ११ सूचीकृत जीवन बीमा कम्पनीमध्ये चार कम्पनीको शेयर मूल्य मात्रै बढेको छ ।यो साता नेशनल लाइफ, एलआईसी (नेपाल), गुराँस लाइफ र सानिमा लाइफको शेयर बाहेक सबैको शेयर मूल्य ओरालोतिर लागेको छ। जीवन बीमा कम्पनीहरुको शेयर मूल्य एक हजार माथि जान मनि हम्मे हम्मे पर्न लागेको छ । अधिंकाश जीवन बीमा कम्पनीहरुको शेयर मूल्य ५ सय मूनि नै छ ।

एशियन लाइफ इन्स्योरन्स कम्पनीको शेयरमूल्य पनि ६ सय माथि छ भने नेशनल लाइफको शेयर मूल्य ५ सय माथि रहेको छ।एक जीवन बीमा कम्पनीको हकप्रद शेयरको कारण मूल्य एक हजार माथि रहेको छ बाँकि सबैको अवस्था ५ सय मुनि नै रहेको छ।साताको अन्तिम कारोबारको दिन अन्य जीवन बीमा कम्पनीहरुको ३ सय माथि देखि ६ सय ६० रूपैयाँसम्म कारोबार भएको छ। एलआईसी नेपालको भने १ हजार ३ सय ७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

Source: Nepse

कम्पनीले प्राधिकरणबाट एक बराबर ०.८८४५ अनुपातमा हुने गरी हकप्रद सेयर जारी गर्न प्राधिकरणबाट अनुमति पाईसकेको छ । हकप्रद पाउने कारण पनि कम्पनीको शेयर मूल्यमा वृद्धि आएको देखिन्छ ।कम्पनीले हकपूद शेयर जारी गरे । कम्पनीमा हाल एक सय कित्ता सेयर हुनेले ८८.४५ कित्ता सेयरको लागि आवेदन दिन पाउनेछ। बजारमा एक हजार रूपैयाँमा कारोबार भइरहेको कम्पनीको सेयर एक सयमा पाइने भएकोले पनि आकर्षण भने बढेको हो।अहिलेकै मूल्य कायम राख्न सक्यो भने हकप्रद सेयर समायोजन लगत्तै कम्पनीको मूल्य ७७६ रूपैयाँमा आउँनेछ।

व्यवसायको हिसाबमा हेर्ने हो भने पनि कम्पनी टप थी्रमा आउने कम्पनी नै हो । कम्पनी प्रतिसेयर आम्दानी ७ रूपैयाँ ४४ पैसा, प्रतिसेयर नेटवर्थ १४० रूपैयाँ र मूल्य आम्दानी अनुपात भने २०९ गुणा छ।कम्पनीले २०७६/७७ देखि लाभांश दिएको छैन। सो समय कम्पनीले २० प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश दिएको थियो।

बीमा कम्पनीहरूले वार्षिक रुपमा दिने लाभांश एक वर्षले ढिलो भइरहेको छ। तर, केहीले २०७८÷७९ को लाभांश दिइसकेका छन्। २०७६/७७ सम्ममा कम्पनीको पाँच वर्षको औसत वार्षिक लाभांश दर भने २८ प्रतिशत छ।दोस्रो बजारमा महिनौपछि नेपाल लाइफ इन्स्योरेन्स सेयर कारोबारमा केही सुधार देखिएको छ। कम्पनीको बिहीबार प्रतिकित्ता ६६०.१० रुपैयाँमा कारोबार भएको छ।सेयर लगानीकर्तालाई लाभांशले थप निराश बनाएपछि सेयर मूल्य लगातार घटिरहेको थियो।
कम्पनीले कुल १५.७८ प्रतिशत नगद लाभांश साधारणसभाले पारित गरेर लगानीकर्ताको खातामा गइसकेको छ। कम्पनीले इतिहासमा लगानीकर्तालाई १२६ प्रतिशतसम्म लाभांश दिएको थियो। १० वर्ष अगाडि नै कम्पनीले ७० प्रतिशत बोनस सेयर र ५६ प्रतिशत नगद लाभांश दिएको इतिहास रहेको छ।

गत वर्षदेखि प्रतिकित्ता मूल्य ३००० सम्म पुगेको सेयर मूल्य लगातार घटिरहेको छ। समग्र नेप्से परिसूचक अघिल्लो वियरिसमा आउँदा १२०० तल हुँदा ९ सयमा अन्तिम कारोबार भएको थियो। त्यसपछि लगातार बढेर ३ हजार रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य लगातार घटेर न्यूनतम ५७७ रुपैयाँमा आइपुगेको थियो।चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नाफा र प्रतिसेयर आम्दानी दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

त्यस्तै, साताको अन्तिम कारोबारको दिनसम्ममा सात कम्पनीको शेयर मूल्य घटेको छ। नेपाल लाइफ, एशियन लाइफ, सूर्या ज्योति लाइफ, प्राइम लाइफ, युनियन लाइफ र प्रभु लाइफको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*