दुई अर्ब ६५ करोड चुक्ता पुँजि भएको शिखर इन्स्योरेन्स कम्पनीको कम्पनी विश्लेषण, यस्तो छ लगानीको सम्भावना र भविष्य

रिना खत्री
५ चैत्र २०७९, आईतवार १७:०२

परिचय
विस २०६१ सालमा स्थापित यो नेपाली निर्जीवन बीमा क्षेत्रको अग्रणी संस्था हो ।यस निर्जीवन बीमा कम्पनीले हवाई, बैङ्किङ, उत्पादन, उद्योग, पर्यटन जस्ता क्षेत्रमा संलग्न व्यावसायिक समूहले प्रवर्द्धन गरेको छ । कम्पनीले नेपाली बजारमा अन्तरराष्ट्रिय स्तरका बीमा सेवा प्रदान गर्दै आएको छ । निर्जिवन बीमा बजारमा कम्पनीले प्रत्येक बर्ष सर्वाधिक कारोबार गर्दै आईरहेको ।

बीमा प्राधिकरणले कम्पनीहरुलाई न्यूनतम पूजि पुराउन निर्देशन दिईसकेको छ। सो बमोजिम निर्जीवन बीमा कम्पनीहरुका लागि बीमा प्राधिकरणले साढे दुई अर्ब चुक्ता पुँजि तोकेको छ । गतवर्ष १२ महिनाको अवधी तोकेर एक अर्ब चुक्ता पुँजि भएका निर्जीवन बीमा कम्पनीहरुलाई मर्जरमा जान वा आफै चुक्ता पुँजि पुर्याउन निर्देशन दिएको थियो।

कम्पनीले यस त्रैमाससम्ममा चुक्ता पुँजि दुई अर्ब ६५ करोड १८ लाख ५४ हजार १९२ रुपैयाँ पुर्याएर आफूलाई उत्कृष्ट र अब्बल कम्पनीको रुपमा स्थापित गराउन सफल भएको छ ।गत आवको दोस्रो त्रैमासिक अवस्थासम्म कम्पनीको कूल चुक्ता पुँजि दुई अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ रहेको थियो।

शिखर इन्स्योरेन्स कम्पनीको गत माघ २५ गते सम्पन्न भएको बार्षिक साधारणसभाबाट १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भइसकेको छ ।उक्त बोनस शेयर अब छिट्टै शेयरधनीको खातामा जानेछ । कम्पनीले आफ्नो शेयरधनीलाई ३६ करोड ५७ लाख ७२ हजार ९९२ रुपैयाँको बोनस शेयर वितरण गर्ने निर्णय स्वीकृत भइसकेको छ ।

सो प्रक्रिया पश्चात शिखर इन्स्योरेन्स कम्पनी सबैभन्दा पहिले चुक्ता पुँजि पर्याउने कम्पनी बन्न सफल भएको हो । नियामक निकायले नेपाली वित्तीय क्षेत्रको इतिहासमा सबैभन्दा छोटो समय दिएर मर्जर वा अन्य कुनै विधिमार्फत चुक्ता पुँजि बृद्धि गर्न दिएको निर्देशनलाई शिखर इन्स्योरेन्स कम्पनीले सहजै पूरा गर्न सफल भएको हो।

निर्जीवन बीमा कम्पनीहरुका लागि बीमा प्राधिकरणले साढे दुई अर्ब चुक्ता पुँजि तोकेको छ । गतवर्ष १२ महिनाको अवधी तोकेर एक अर्ब चुक्ता पुँजि भएका निर्जीवन बीमा कम्पनीहरुलाई मर्जरमा जान वा आफै चुक्ता पुँजि पुर्याउन निर्देशन दिएको थियो ।
बीमा प्राधिकरणले तोकेको साढे दुई अर्ब चुक्ता पुँजि पुर्याउने शिखर इन्स्योरेन्स पहिलो कम्पनी बनेको छ । नेपालको सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले मर्जर नगरी एक्लैले चुक्ता पुँजि दुई अर्ब ६५ करोड १८ लाख ५४ हजार १९२ रुपैयाँ पुर्याएर आफूलाई उत्कृष्ट र अब्बल कम्पनीको रुपमा स्थापित गराउन सफल भएको छ ।

गत आवको दोस्रो त्रैमासिक अवस्थासम्म कम्पनीको कूल चुक्ता पुँजि दुई अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ रहेको थियो । शिखर इन्स्योरेन्स कम्पनीको गत माघ २५ गते सम्पन्न भएको बार्षिक साधारणसभाबाट १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भइसकेको छ । उक्त बोनस शेयर अब छिट्टै शेयरधनीको खातामा जानेछ । कम्पनीले आफ्नो शेयरधनीलाई ३६ करोड ५७ लाख ७२ हजार ९९२ रुपैयाँको बोनस शेयर वितरण गर्ने निर्णय स्वीकृत भइसकेको छ ।
सो प्रक्रिया पश्चात शिखर इन्स्योरेन्स कम्पनी सबैभन्दा पहिले चुक्ता पुँजि पर्याउने कम्पनी बन्न सफल भएको हो ।

नियामक निकायले नेपाली वित्तीय क्षेत्रको इतिहासमा सबैभन्दा छोटो समय दिएर मर्जर वा अन्य कुनै विधिमार्फत चुक्ता पुँजि बृद्धि गर्न दिएको निर्देशनलाई शिखर इन्स्योरेन्स कम्पनीले सहजै पूरा गर्न सफल भएको हो ।

       संचालक समितिः

राजेन्द्र प्रसाद श्रेष्ठ:अध्यक्ष
रमेश कुमार लुईटेल:सञ्चालक
स्कन्द अमात्य: सञ्चालक
दिनेश ब्रज ब्रजचार्य:सञ्चालक
सौरभ जो।बी राण: सञ्चालक
डा। सुरजना श्रेष्ठ: सञ्चालक

Dip Prakash Panday, Chief Executive Officer

व्यवस्थापनः
दीपप्रकाश पाण्डेप्रमुख कार्यकारी अधिकृत

वेबसाइटः https://shikharinsurance.com/
प्रधान कार्यालयः  शिखर बिज सेण्टर, थापाथली
शेयर रजिष्ट्रार :एनआईबीएल क्यापिटल लिमिटेड
शाखा : ९६

स्थापनाको स्मरण
२०६१ जेठ १५ गते: कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता
२०६१ कार्तिक २६ गते: प्राधिकरणबाट औपचारिक रुपमा लाईसेन्स प्राप्त
२०६१ मंसिर २ गते: व्यवसाय शुभारम्भ
पहिलो पोलिसी :छायादेवी पाण्डेबाट सुरुवात
वानेश्वरबाट केन्द्रिय कार्यालय संचालनमा ल्याएको कम्पनीले हाल आफनौ भवनमा कार्यालय संचालन गर्दैछ ।

दोसो त्रैमासको वित्तिय विवरण

देशकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले चालु आवको छ महिने अवधीमा अधिकांश सूचांकमा प्रगति गरेको तथ्याङ्कमा देखिएको छ ।
कम्पनीले आज प्रकाशित गरेको अपरिस्कृतवित्तीय विवरण अनुसार कूल बीमा बीमा व्यवसाय १२.४८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवको यसै अवधीमा जम्मा दुई अर्ब ३६ करोड रुपैयाँको कूल व्यवसाय गरेको कम्पनीले चालु आवको छ महिनाको अवधीमा दुई अर्ब ६५ करोड २३ लाख ४७ हजार ८६८ रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी सामान्य मात्रै बृद्धि भएको छ । गत आवमा ७६ करोड खुद बीमा शुल्क आम्दानीमा बाँधेको कम्पनीले चालु आवको छ महिने अवधीमा ७७ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै, कम्पनीको बक्यौता दावी भुक्तानी घटेको छ भने जारी बीमा पोलिसी संख्या सामान्य अंकले बृद्धि भएको देखिएको छ ।

देशमा चर्को आर्थिक संकटका बीचमा त्यसको प्रभाव कम्पनीमा पर्न नदिन हर प्रकारले सचेत रहेको वित्तीय विवरणले औल्याएको छ । वित्तीय विवरणमा कम्पनीको स्रोत परिचालनबाट प्राप्त आम्दानी उल्लेख्य बृद्धि भई ५५ करोड ६७ लाख रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीले लगानीबाट प्राप्त आय, कर्जा प्रवाह गरेर प्राप्त आय तथा पुनर्बीमा कमिशन बापतको आयमा ११.४२ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधीमा त्यस्तो आम्दानी जम्मा ४९ करोड रुपैयाँ थियो ।

कम्पनीको खुद नाफा नगन्य मात्रामा घटेको देखिएको छ । गत आवको छ महिने अवधीमा २४ करोड ३० लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधीमा २४ करोड सात लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

त्यस्तै, कम्पनीको व्यवस्थापन खर्च केही बढेको छ । गत आवमा २२ करोड खर्च गरेको कम्पनीले चालु आवको छ महिने अवधीमा २८ करोड रुपैयाँ खर्च गरेको छ । त्यस्तै, कम्पनीको खुद दावी भुक्तानी बापतको रकम ६.६ प्रतिशतले बृद्धि भई ३९ करोडबाट बढेर ४२ करोड पुगेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी २१.०६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २१५.२१ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३०२.३८ रुपैयाँ रहेको छ ।
बजारको अवस्था
हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ७५० रुपैयाँमा कारोबार भईरहेको छ । हाल नेप्सेमा २ करोड ६५ लाख १८ हजार ५ सय ४२ कित्ता शेयर रहेको छ।
हाल कम्पनीको बजार पँुजिकरण १९ अर्ब ८८ करोड रुपैयाँ रहेकोछ ।

 

बजारको अवस्था
हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ७५० रुपैयाँमा कारोबार भईरहेको छ । हाल नेप्सेमा २ करोड ६५ लाख १८ हजार ५ सय ४२ कित्ता शेयर रहेको छ। हाल कम्पनीको बजार पूजिकरण १९ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

 

 

लाभांश इतिहास
कम्पनीले आर्थिक बर्ष २०७२र७३ मा सबैभन्दा धेरै लाभांश घोषणा गरेको थियो । कम्पनीले उक्त आर्थिक बर्षमा ६० प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत लाभांश गरि कुल ६३ दशमलव १५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
आर्थिक बर्ष ७१र७२ मा २४ प्रतिशत बोनस शेयर र १ दशमलव २६ प्रतिशत नगद लाभांश गरि२५ दशमलव २६ प्रतिशत लाभांश घोषणा गरेको थियो।आर्थिक बर्षमा ७३र७४ मा ३०।५२६ प्रतिशत, आर्थिक बर्ष ७६र७७ मा २९।२३१ प्रतिशत लाभांश र ७८र७९ मा १६।८४२१ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

त्यस्तै, कम्पनीले यस आर्थिक बर्षमा १ः०ः३ हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको छ।

नोटः यो विश्लेषण आधिकारिक तथ्यांकहरुलाई आधार मानेर तयार गरिएको छ । तसर्थ लगानीकर्ताले दोस्रो बजारमा शेयर कारोबारको निर्णय गर्ने क्रममा लगानीकर्ता स्वयम्ले थप र स्वतन्त्र विश्लेषण गरेर मात्रै शेयर खरिद बिक्री गर्नुहुन अनुरोध छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*