नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफामा उच्च बृद्धि, वित्तिय विवरण लुकाएको आशंका

७ बैशाख २०८१, शुक्रबार ०७:१४

काठमाडौं । नेपल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको तेस्रो त्रैमासिक बित्तिय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरणमा बैंकको उच्च बृद्धि देखाइनु र देश चरम आर्थिक संकटबाट बीच गुज्रनुको तालमेल नमिलेको देखिएको छ ।

चालु आवको नौ महिनाको अवधीमा बैंकले तीन अर्ब २७ करोड ५२ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा अर्जन गर्न सफल भएको छ । अघिल्लो आवमा बैंकको मुनाफा जम्म तीन अर्ब चार करोड ६१ लाख रुपैयाँ मात्र मुनाफा कमाएको थियो । बैंकको मुनाफा बृद्धमा ब्याज आम्दानी उच्च दरमा बृद्धि भएको देखाइएको छ । त्यस्तै, बैंकको खराब कर्जा ३.९६ प्रतिशबाट बृद्धि भई ४.६६ प्रतिशत पुगेकोछ ।

जानकारहरु बैंकको यही अवस्थालाई विश्वास गर्न नसकिने खालको देखिएको छ । बैंकले ठूला खराव ऋणीहरुको ऋण् गलत तरिकाले नविकरण गराई ब्याज आम्दानी बृद्धि भएको र खराब ऋण लुकाइएको हुनसक्ने तथ्य औल्याएका छन् । नियामक नेपाल राष्ट्र बैंकम सेटिङ हानेपनि जस्तोसुकै अनैतिक धन्दा पनि मिलाउन सक्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आजको वित्तीय विवरणले शंका उत्पन्न गराएको छ ।

उक्त बैंकबाट ऋण लिएका सिमेन्ट उद्योग, डण्डी उद्योग, दुरसञ्चार कम्पनीले समेत सावाब्याज तिरेका छैनन् । बन्द भएको स्मार्ट सेलको समेत अर्बौ रुपैयाँ ऋण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा नै थियो । निर्माण हुँदै गरेको तर सुरु नभएको एक होटलले समेत अर्बौ रुपैयाँ ऋण लिएर तिरेको छैन । ठूला ऋणी कसैले पनि ऋण नतिरेको अवस्थामा बैंकको ब्याज आम्दानी उच्च बृद्धि हुनुलाई रहस्यमय रुपमा हेरिएको छ ।

कूल ३४ अर्ब १२ करोड चुक्ता पुँजि भएको नेपाल इन्भेष्टमेन्ट बैंकको अन्य वित्तिय सूचांक बृद्धि भएको देखिएको छ । बैंकले नौ महिनामा ३२ अर्ब रुपैयाँ कूल ब्याज आम्दान गरेको छ । त्यस्तै, यस अवधीमा २१ अर्ब रुपैयाँ ब्याज प्रदान समेत गरेको छ । बैंकको खुद ब्याजद आम्दानी ११ अर्ब रुपैयाँ छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी ७ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । बैंकले नौ महिनामा खुद फि र कमिशन बापत मात्रै एक अर्ब १४ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी एक अर्ब ५ करोड रुपैयाँ थियो ।
सर्वसाधारणले चार खर्ब तीन अर्ब रुपैयाँ निक्षेप जम्मा रहेको बैंकबाट तीन खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोछ ।

बैकको खुद नाफा उच्च अंकले बढेको देखिए पनि वितरणयोग्य मुनाफा भने ऋणात्मक रहेको छ । बैंकको वितरणयोग्य मुनाफ एक अर्ब ६० करोड ९९ लाख छ हजार ऋणात्मक रहेको छ । बैंकके प्रतिशेयर आम्दानी १२.८० रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर कूल सम्पत्तिको मूल्य १४४३.८५ रुपैयाँ रहेको छ । त्यस्तै, एनपिएल ४.६६ प्रतिशत, बेसरेट ८.५२ प्रतिशत रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*