भौगोलिक अवस्था,चरा आतंक र घरेलु हवाई सेवाको कारण नेपाली हवाई क्षेत्र चुनौतीपूर्ण, ठूलो जोखिमभार बीमा कम्पनीमाथि

१४ बैशाख २०८१, शुक्रबार १५:३७

काठमाडौं । भौगोलिक अवस्था,चरा आतंक र घरेलु हवाई सेवाको कारण नेपाली हवाई बीमा थप चुनौतीपूर्ण रहेको युआईबी एभिएसनका कार्यकारी निर्देशक माइल्स ट्याफसले बताएका छन् ।विश्वभर नै हवाई बीमाको जोखिम रहेपनि नेपालमा हवाई क्षेत्रको अवस्थाको कारण रिक्स बढी रहेको इन्स्योरेन्स समिटमा आफनो कार्यपत्र प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

उनले कार्यपत्रमा यसको चुनौती र निवारणका तरिकाहरुमा नेपालले अपनाउनुपर्ने बिषयहरु समेत सुझाएका थिए ।हवाई बीमाको प्रयोगको बिषयमा युआईबीका कार्यकारी निर्देशक माइल्स ट्याफसले आफनो कार्यपत्र समिटमा पेश गरेका छन् । जसको ठूलो जोखिमभार बीमा कम्पनीहरुमाथि पर्न गएको उनको दाबी रहेको छ ।उड्डयन जोखिम न्यूनिकरणः सरोकारबालहरुबीचको जिम्मेवारीको बिषयमा कार्यपत्र प्रस्तुती दिँदै उडड्यन प्राधिकरणको काम गर्ने क्षमता र रिक्सको बिषयमा अवगत गराएका थिए ।

उनले हवाई बीमा क्षेत्रमा भएका गतिविधिहरुको बिषयमा कार्यपत्र पेश गरेका छन् । हवाई बीमामा भएको देशस्तरीय क्षमता पनि कार्यक्रममा प्रस्तुत गरेका थिए ।

युआईबी एशियसनका एमडि माईसले सन् २०२३र२४ मा एयरस्पेस बीमा बजारमा व्यवसायको एयरोस्पेस बुकलाई विभिन्न क्षेत्रमा विभाजन गरेको जानकारी समेत आफनो कार्यपत्र प्रस्तुत गरेका थिए ।एयरपोर्ट, एयर ट्राफिक कन्ट्रोल, निर्माता उत्पादनहरू (एयरफ्रेम, इन्जिन, क्रिटिकल कम्पोनेन्ट्स, नन क्रिटिकल कम्पोनेन्ट्स र एमआरओ) र रिफ्युलरहरू विभाजन गरिएको उनको भनाई छ ।

नेपाल र यस वरपर रहेका क्षेत्रहरुमा मौसम चुनौतीपूर्ण रहेको र १० हजार फिटभन्दा मुनि संचालन हुने घरेलु सेवाहरु प्रबन्ध हुने पहुँचयोग्य मेट्रोलजिकल जानकारी, विमान सुरक्षित रुपमा संचालन र व्यवस्थापन गर्ने , विमान उमेर र उपकरणको अपडेट, चरा प्रहार रोक्थाम, इयूी सुरक्षा पद्धती र १० हजार फिट तल जिङ एफटि संचालन सुरक्षित गर्न आग्रह समेत गरेका थिए ।उनले नेपाली बीमामा हवाई बीमाको चुनौती थप गरेको बताँउदै उक्त रिक्सको बिषयमा जानकारी समेत गराएका थिए ।

हवाई बीमाको बजार अझै पनि तनावग्रस्त रहेको उनको दाबी छ । पछिल्लो १० बर्षमा थोरै मुनाफा भएको छ । २०२२ मा अधिकतम घाटाको प्रभाव सन् २०२३ मा देखिएको छ । सो कारण पुनर्बीमा कम्पनीहरुलाई ठूलोमा मात्रामा ह्रास भएको उनको दाबी रहेको छ । जसको परिणाम हालसम्म भोग्नुपरेको उनको भनाई छ । बिशेषत उनले लन्डनमा ब्रोकको भूमिका र यसको चुनौतीको बिषयमा सहभागीहरुलाई जानकारी दिएका थिए । जसमा ग्राहकको विजनेसलाई बुझने, अन्तराष्ट्यि बजारमा राम्रो हिस्सा भएको, दिघकार्लीन सम्बन्ध विस्तारको कारण उत्कृष्ट रुपमा अघि बढीरहेको जानकारी दिएका थिए ।जसमार्फत अन्य देशहरुले पनि केही सिक्न सक्ने उनको धारणा रहेको छ ।

हवाई बीमालाई प्रत्यक्ष प्रभाव पार्ने कारक तत्वहरुको बिषयमा उनले बिशेष केन्द्रित गराएका थिए । यस बिषयमा अन्तराष्ट्रिय घटनाहरु समेत आफनो कार्यपत्रमा प्रस्तुत गरेका थिए ।
ग्लोबल वारमिङ, द्धन्द्ध, आर्थिक मन्दि, क्याटरक्लिस्मिक हानी, अस्थिर विश्वबजार, राजनिति अवस्था, आणविक हतियारको प्रयोग देशबीचको आपसी समस्याले हवाई बीमामा प्रत्यक्ष असर पार्ने बिषयमा उनले उदारण सहित समिटमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

हवाई बीमा एक देशमा मात्रै सिमित हुने व्यवसाय हैन । बीमा आफैमा रिक्स सेयरिङ मार्केट हो । हवाई बीमाले ठूलो जोखिम निम्त्याउने हुँदा एकै देशमा मात्रै भार नपर्ने हिसाबले अन्य देशहरुसँग पुनर्बीमामार्फत रिक्स सेयरिङ गरिन्छ । सो कारण अन्य देशमा असर पर्ने बित्तिकै यसको प्रत्यक्ष प्रभाव हवाई बीमामा पर्न जान्छ भन्ने आफनो प्रस्तुतीमा दिएका थिए ।
उनले विश्वव्यापी आर्थिक रिकभरीले अझै पनि मुख्यत युक्रेन र मध्य पूर्वमा धेरै क्षती वहन पुनर्बीमा कम्पनीहरु व्योर्हेनु पुगेको बिषय उजागर गरेका थिए ।हवाई बीमाको देशभित्र भन्दा बाहिरको विविध अवस्थाले प्रत्यक्ष असर पार्ने उनको भनाई छ ।

ट्याफले अन्डरराईटरहरुको रुपमा हवाई बीमा गर्दा निरन्तर सेवा र सकारात्मक मूल्य निधारणको बाटो हेर्नु आवश्यक रहेको उनको सुझाव रहेको छ । हवाई बीमामा यो बर्ष कम मूल्य, कुनै क्षतीको कारण घाटा व्याृहृेर्नु पुगे आगामी बर्ष चार गुणाले व्यवसाय बढाउनुभन्दा पनि रिर्टन सहज पार्ने बाटो अपनाउनुपर्ने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*