वाणिज्य बैंकको नाफा साढे ४० अर्ब माथि, कुनले कति कमाए ? (सूचीसहित)

७ बैशाख २०८१, शुक्रबार ०९:५४

काठमाडौँ । वाणिज्य बैंकहरुको खुद नाफा साढे १३ प्रतिशतले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवतरण अनुसार हाल संचालकमा रहेका २० वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँमा सीमित भएको हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरले ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ नाफा कमाएका थिए । बैंकहरुको खराब कर्जा वृद्धि र आर्थिम मन्दिले गर्दा नाफा प्रभावित हुन पुगेको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक अग्र स्थानमा रहेको छ । बैंकले यस अवधिमा४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको हो । तर, उक्त नाफा गत आर्थिक वर्षको तुलनामा भने ८.७६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

नाफा सर्वाधिक हुने बैंकको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले यस अवधिमा ३ अर्ब ३० करोड ६५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्कलाई हेर्दा १३ वाणिज्य बैंकको खुद नाफा घटेको छ भने ७ बैंकको बढेको छ । सबैभन्दा धेरै नाफा बढ्नेमा कृषि विकास बैंक रहेको छ । बैकले आफ्ना खुद नाफा ९७.२२ प्रतिशतले बढाएर २ अर्ब ५ करोड ३१ लाख ६६ हजार पुराएको छ ।
नाफा सर्वाधिक बढाउने दोस्रो नम्बरमा लक्ष्मी सनराइज बैंक रहेको छ । बैंकले यसअवधिमा आफ्ना नाफा २७.७० प्रतिशतले बढेर १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

सरकारी बैंकका नेपाल बैंक पुच्छरमा रहेको छ । २० वाणिज्य बैंक मध्य नेपाल बैंक सर्वाधिक नाफा घटाउने र कम नाफा हुने बैंकमा परेको छ । नेपाल बैंकको नाफा ९२.६८ प्रतिशतले घटेर १३ करोड ५ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*