बोनस वितरणलाई लिएर सलिकोभित्र बबण्डर, सिईओले लुम्बिनीपट्टीका कर्मचारीलाई निकाल्न खोजेको आरोप

९ बैशाख २०८१, आईतवार १०:४७

काठमाडौं । सगरमाथा लुम्निबी इन्स्योरेन्स (सलिको)मा बोनस वितरणको विषयलाई लिएर ध्रुवीय लडाइँ चलेको छ।साविक सगरमाथा इन्स्योरेन्सतर्फका बहालवाला सिईओ चंकी क्षेत्रीले पद र शक्तिको दुरुपयोग गरेर आफुहरुमाथि चरम दमन गरेको साविक लुम्बिनी जनरल इन्स्योरेन्सतर्फका कर्मचारीहरुको आरोप छ ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्षेत्रीले आफुहरुलाई पेलेर संस्थाबाटै विस्थापित गर्न खोजेको आरोप उनीहरुले लगाएका छन् ।

सलिकोका सीईओसहितका उच्च पदस्थहरुले तल्लो तहका कर्मचारीले पाउनु पर्ने बोनस रोकेको तथ्य सर्वत्र चर्चा बनिरहेको छ ।

मर्जरअघि दिने सेवा सुविधा कटौती नगर्ने र बोनस समान रुपमा वितरण गर्ने शर्तसहितको मागपत्रमा हस्ताक्षर गरेका सीईओ क्षेत्री स्वयंले कर्मचारीलाई गुटमा विभाजन गरेको र विभेदपूर्ण व्यवहार गरिरहेको उनीहरुको गुनासो छ ।

सीईओ क्षेत्री र फाइनान्स चिफ गणेश ढकालले आफुहरुले पाउने आर्थिक वर्ष २०७९–८० को बोनस रोकेको कर्मचारीहरुको आरोप छ । उनीहरुले सामूहिक हस्ताक्षर गरेर संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् ।

कर्मचारीहरुले आफूहरुलाई अन्य सेवा सुविधामा समेत सीईओ र दोस्रो लियरका कर्मचारीहरुले रोकावट गरेको बताएका छन् । उनीहरुले साविक कम्पनीले दिए सरह कर्मचारीले बोनस नपाए सशक्त रुपमा विरोधमा उत्रिने र सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत व्यापक आलोचना गर्ने चेतावनी लिखित रुपमै दिएका छन् ।

साथमा उनीहरुले उक्त अवस्थाबाट उत्पन कठिनाई र कम्पनीको साखमा आउने आँचको जिम्मेवार स्वंम सञ्चालक र व्यवस्थापकहरु हुने भनेका छन् ।

साविक सगरमाथाका कर्मचारीलाई निवेदन दिन लगाएर साविक लुम्बिनी जनरल इन्स्योरेन्सका कर्मचारीलाई बोनस खानबाट बञ्चित गराउन अनेक तिकडम् गरेको र त्यसका सुत्रधार सीईओ क्षेत्री स्वयं भएको आरोप कर्मचारीहरुको छ ।

लुम्बिनीको व्यालेन्ससिटमा सबै प्रोभिजन लगाएर घाटामा देखाउने र त्यसको साटो सलिककोको व्यालेन्स सिटमा नाफा देखाई विभेदपूर्ण बोनस वितरणको नीति लिइएको कर्मचारीहरुको दुःखेसो छ ।

वास्तविक आँकडामा सलिकोको समग्र व्यवसाय हेर्दा सगरमाथाभन्दा लुम्बिनीको क्षमता उत्कृष्ट देखिएको एक कर्मचारीले बताएका छन् ।

यो अनिष्ट नरोकिए रहिरहे सलिकोको हालत एनबि इन्स्योरेन्सकै जस्तो बन्ने चिन्ता कर्मचारीले गर्न थालेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*