हिमालयन रि इन्स्योरेन्सको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, मुनाफा चार करोडमाथि

६ चैत्र २०७९, सोमबार ०९:११

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । पहिलो त्रैमासमा पाँच करोड घाटामा गएको कम्पनीले दोस्रो त्रैमासिक अवधीमा आउँदा चार करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी जगेडा कोषमा १७ करोड रुपैयाँ संचिती रहेको छ भने बीमा कोषमा १३ करोड ६९ लाख ९८ हजार ११६ रुपैयाँ संचिती रहेको छ । समीक्षा अवधीमा कम्पनीले कूल ३० करोड रुपैयाँको कोष बनाएको छ ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीले दुई अर्ब ३६ करोड ३३ लाख पाँच हजार ७७४ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । गत आवको यसै अवधीमा कम्पनीले जम्मा २९ करोड ९९ लाख ७५ हजार १५ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

समीक्षा अवधीमा कम्पनीले १४ करोड १७ लाख ५३ हजार १७८ रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । गत आवको यसै अवधीमा यस्तो दावी भुक्तानी जम्मा तीन करोड रुपैयाँ थियो । चालु आवको छ महिनामा कम्पनीले आठ करोड ८८ लाख ७७ हजार व्यवस्थापन खर्च गरेको छ । गत आवमा यस्तो खर्च जम्मा छ करोड २५ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद नाफा चार करोड ६३ लाख ८१ हजार ७७४ रुपैयाँ आर्जन गरेको छ । गत आवमा कम्पनीले १२ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले अझै ४२ करोड ४१ लाख ६९ हजार ६९९ रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*