आइएमई पेबाट पनि बीमा अभिकर्ता -सर्भेयरको लाइसेन्स नविकरण गर्न मिल्ने, पाँच वटाले पाए अनुमति, पाँच वटा सेवा प्रदायकबाट सजिलै हुनेछ नविकरण

६ चैत्र २०७९, सोमबार १६:२८

काठमाडौं । चर्चित भुक्तानी सेवा प्रदायक आइएमई पेबाट नेपाल बीमा प्राधिकरणमा आबद्ध बीमा अभिकर्ता र सर्भेयरहरुको लाइसेन्स नविकरण गर्न मिल्ने भएको छ । आइएमई पेले प्राधिकरणसँग सम्झौता गरेसँगै अब सर्भेयर र बीमा अभिकर्ताको लाईसेन्स नविकरण गर्ने डिजिटल भुक्तानी सेवा प्रदायकको संख्या पाँच वटा पुगेका छ ।

अब देशैभरिका बीमा अभिकर्ता र सर्भेयरहरुले आइएमई पे, कनेक्ट आईपिएस, खल्ती सहितका कूल पाँच वटा भुक्तानी सेवा प्रदायकमार्फत आफ्नो लाइसेन्स नविकरण गर्न सक्नेछन् ।

पुरानो बीमा ऐन अनुसार बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स यही चैत्रभित्रमा लाइसेन्सको अवधी सकिदैछ । यही कार्तिक २१ गतेबाट लागू भएको नयाँ बीमा ऐन अनुसार म्याद सकिनु अगावै बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण गरिसक्नुपर्ने व्यवस्था छ ।

नेपालीमा बीमा कम्पनीहरु जीवन बीमा कम्पनीहरुमा मात्रै दुई लाख २१ हजार ८५० जना अभिकर्ताको सक्रिय लाइसेन्स रहेको छ । उक्त सबै लाइसेन्स एकै पटक नविकरण गनुपर्नेहुन्छ । सो प्रयोजनको लागि बीमा प्राधिकरणले कनेक्ट आईपिएस र आईएमई पेसहितका डिजिटल भुक्तानी सेवा प्रदायकहरुमार्फत गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*