टोरन्टोका अनुसन्धानकर्ताको रिक्स वेस सुपरिवेक्षण तालिम

६ चैत्र २०७९, सोमबार १९:०३

काठमाडौं । बीमा प्राधिकरणमा कर्मचारीहरुलाई सिटि अफ क्यानडा (टोरन्टो)का अनुसन्धानकर्ताहरुले पाँच दिने तालिम दिने भएको छ। तालिम इन्स्योरेन्स इन्स्टिच्यूट नेपालको केन्द्रिय कार्यालय नक्सालमा हुनेछ । बीमा प्राधिकरणको निर्देशन र इन्स्योरेन्स इन्स्टिच्यूट नेपालको व्यवस्थापनमा उक्त तालिम आजदेखि सुरु भएको हो ।

टोरन्टाबाट तालिम दिन आएका अनुसन्धानकर्ताहरूलाई बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवं इन्स्योरेन्स इन्स्टिच्यूट नेपालका अध्यक्ष राजुरमण पौडेल, निर्देशक सुशीलदेव सुवेदी र इन्स्टिच्युटका अध्यक्षले स्वागत गरेका थिए पाँच दिनसम्म संचालन हुने तालिममा बीमा प्राधिकरणका १२ जना कर्मचारीहरु सहभागी हुनेछ । तालिममा रिक्स वेस सुपरिवेक्षण बिषयमा छलफल हुनेछ ।

टोरन्टाबाट आएको तीन जना अनुसन्धानकर्ताहरुले बीमा प्राधिकरणका कर्मचारीहरुलाई पाँच दिनसम्म रिक्स वेस सुपरिवेक्षणको तालिम दिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*