नेपाल पुनर्बीमा कम्पनीद्वारा करारमा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

७ चैत्र २०७९, मंगलवार १०:५२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले करारमा व्यवस्थापन प्रशिक्षार्थी माग गरेको छ । कम्पनीले व्यवस्थापन प्रशिक्षार्थी (सूचना प्रविधि)मा केही समयको लागि एकजना प्रशिक्षार्थी कर्मचारी आवश्यक रहेको जनाएको हो ।

सोका लागि कम्पनीले कम्प्युटर वा सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले सातदिन भित्र सम्पूर्ण आवश्यक कागजातसहित कम्पनीको कार्यालयमा दरखास्त दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*