रिलायबल नेपाल लाइफद्वारा बीमा दावी भुक्तानी

७ चैत्र २०७९, मंगलवार १२:४९

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले बीमित स्वर्गिय लोक बहादुर गुरुङकि श्रीमती लक्ष्मी गुरुङलाई बीमा वापतको १० लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

एमडिरटी मीन बहादुर गुरुङले गराएको उक्त जीवन बीमाको दाबी भुक्तानीको कुल रकम १० लाख २० हजार रूपैयाँ रहेको छ । एक कार्यक्रमको आयोजना गरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको गण्डकी प्रदेश प्रमुख सरोज अधिकारीले मृतककी धर्मपत्नी लक्ष्मी गुरुङ्लाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

रिलायबल पोखरा शाखाले आयोजना गरेको उक्त कार्यक्रमको सहजीकरण शाखा प्रमुख सूर्य सुमन थापाले गर्नुभएको थियो । लाइफ इन्स्योरेन्सको बीमा इतिहासमा सबैभन्दा धेरै रकमको दाबी भुक्तानी गर्ने कम्पनीको रुपमा रिलायबल लाइफ इन्स्योरेन्स परिचित छ ।

बीमित गुरुङले दश महिना अगाडी १० लाख रुपैयाँ बीमाङ्कको रिलायबल समुन्नति जीवन बीमा गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*