प्रभावकारी भएन मधेश सरकारले ल्याएको छोरी शिक्षा बीमा कार्यक्रम

७ चैत्र २०७९, मंगलवार १५:१२

काठमाडौं । मधेस सरकारले संचालनमा ल्याएको छोरी बीमा कार्यक्रम अहिले बजेट अभावले अलपत्र परेको छ । मधेस सरकारको यो योजनाले करिब २५ हजार भन्दा बढी छोरीहरु बञ्चित भएका छन् ।

सरकारले दुई वर्ष अगाडि २५ हजार छोरीहरुको बीमा कार्यक्रममा सहभागी गराउने भनेपनि हालसम्म कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन । मधेश प्रदेशका मुख्यमन्त्रीले ‘बेटी पढाउ बेटी बचाँउ’ कार्यक्रमअन्तर्गत जन्मिएका छोरीहरुलाई सरकारले छोरी शिक्षा बीमा कार्यक्रम संचालन गर्दै आएको छ ।

यस कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि दुई वर्ष अगाडि मधेश सरकारले शिविर संचालन गरी करिब २५ हजार बढी छोरीको स्वास्थ्य बीमा सम्बन्धि फाराम संकलन गरेको थियो । शिविर कार्यक्रमका संयोजकले छोरीको बीमा फारामको हालसम्म बीमा गर्ने वा नगर्ने कुनै पनि निर्णय नभएको जानकार दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*