मर्जरपछि बिहिबारदेखि एकीकृत कारोबार सुरु गर्दै सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स

७ चैत्र २०७९, मंगलवार १५:१८

काठमाडौं । थप दुई जीवन बीमा कम्पनीले यहि चैत ९ गते बिहिबारदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । जीवन बीमा क्षेत्रमा मर्जरपश्चात् यो दोस्रो एकीकृत कारोबार हो ।

सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले बिहिबारदेखि एकआपसमा गाभिइ एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’ को नामबाट एकीकृत जीवन बीमा ब्यवसाय संचालन हुनेछ ।

यी दुवै कम्पनीको फागुन १२ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । बीमा प्राधिकरणले यी कम्पनीलाई फागुन १८ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते एकिकृत कारोबारको स्वीकृति दिएकोले यी दबै कम्पनीको संयुक्त मर्जर कमिटिको चैत ५ गते बसेको बैठकले चैत ९गतेबाट एकिकृत कारोवार सुरु गर्ने निर्णय गरेको हो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा रहने जनाएको छ । दुबै कम्पनीले १ः१ को स्वाप अनुपातमा आपसमा गाभ्ने गाभिने सहमति गरेका हुन् ।रिलायन्स लाईफको चुक्ता पूँजी २ अर्ब १० करोड र सानिमा लाइफको चुक्ता पूँजी २ अर्ब रुपैयाँ छ । गाभिएपछि तत्काल चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*