दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

७ चैत्र २०७९, मंगलवार १७:४२

काठमाडौं । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा शैल्यशिखर नगरपालिकाकी उपप्रमुख शान्ती खडायत, बिशेष अतिथिका रुपमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्ट तथा अतिथिहरूमा वडाध्यक्षहरु, नगरकार्य समितिका सदस्यहरु अन्य उपस्थितिमा नगर पालिकाका पशु शाखा प्रमुख, कृषि विकास शाखा प्रमुख, स्थानीय अगुवा कृषक, विभिन्न कृषि सहकारी संस्थाका प्रतिनिधिहरु, तथा अन्य कृषकहरु लगायत स्थानीयहरुको ८० भन्दा बढी सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालीले संचालन गरेका थिए । कार्यक्रममा सहायक निर्देशक प्रेम हरि पोखरेलले बीमा सम्बन्धि प्रस्तुतिकरण दिएका थिए ।कार्यक्रममा सहभागीहरुले कृषि बीमा गर्न कहाँ जाने र कोही पनि बीमा गर्न नआएको, निर्जीवन बीमा कम्पनीको शाखा कार्यालय स्थापना गर्न माग गरिएको, कृषि तथा पशुपन्छी बीमामा संघीय सरकार तथा प्रदेश सरकारले दिएको अनुदान समेत थाहा नभएको जस्ता गुनासो गरेका थिए । कार्यक्रममा सहभागीहरूले नेपाल बीमा प्राधिकरण यस प्रदेशमा स्थापना भएकोमा खुशी पनि व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले राखेका गुनासाहरूको जबाफ प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले दिएका थिए । उक्त कार्यक्रममा शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भोजराज भट्टले नेपाल बीमा प्राधिकरणलाई बीमा सम्बन्धि कार्यक्रम यस नगरपालिकामा ल्याउनु भएकोमा धन्यवाद व्यक्त गरेका थिए। साथै उनले नगरपालिकाले पनि बीमा सम्बन्धि नीति तथा कार्ययोजना बनाई लागू गर्नुपर्ने कुरामा जोड ।दिएका थिए ।

त्यसैगरी, शैल्यशिखर नगरपालिकाकी उपप्रमुख शान्ती खडायतले बीमा प्राधिकरणलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। बीमा गर्नका लागि यस ठाँउमा कुनै पनि बीमा कम्पनी नभएको हुँदा यहाँका मानिसहरुलाई बीमा गर्न पनि कठिनाई भएको कुरा जानकारी दिईन्।
उनले प्राधिकरणलाई यस्तो महत्वपुर्ण कार्यक्रम फेरि पनि यस नगरपालिकामा राख्न आग्रह गरिन्। कार्यक्रममा प्रदेश प्रमुख ओम बहादुर अधिकारीले सहभागीहरूलाई यस कार्यक्रमबाट आफुले लिएको बीमा सम्बन्धि जानकारीहरूलाई अरुलाई पनि बुझाइदिनु हुन अनुरोध गर्नु भएको थियो । नगरपालिकाकी उपप्रमुख शान्ती खडायत समक्ष आमनागरिकहरूलाई बीमामा समेट्न नयाँ नयाँ कार्ययोजना ल्याउन आग्रह गरे ।

साथै यस ठाउँमा बीमा कम्पनीको शाखा कार्यालय खोल्नको लागि छिट्टै पहल गरिने कुरा पनि राखेका थिए । अन्तमा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने शैल्यशिखर नगरपालिका परिवारलाई बिशेष धन्यवाद दिएका थिए ।
यसका साथै उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने विभिन्न कृषि सहकारी संस्थाका प्रतिनिधिहरु सहित सम्पूर्ण सहभागीहरुलाई र बीमा प्राधिकरणका धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*