नेपाल लाइफ इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

८ चैत्र २०७९, बुधबार १५:०३

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७६ अंकले घटेर १९३३ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेसँगै आज शेयरबजारमा एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ८ करोड २४ लाख, हिमालयन डिष्टिलरीको ४ करोड ५० लाख, नबिल बैंकको ३ करोड ६३ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको ३ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*