सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

८ चैत्र २०७९, बुधबार १६:३३

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कैलाली बौनिया शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

जोशीपुर गाउँपालिका वडा नं १ राजीपुर बस्ने जेनिसा गड्सिलाको बाल भविष्य पोलिसीका प्रस्तावक धन सिंह गडसिलाको आकस्मिक मृत्यु भएपछि उनकी श्रीमती निर्मला गडसिलालाई उक्त चेक रकम हस्तान्तरण गरिएको हो ।

कम्पनीले बीमितको हकवालालाई १ लाख ७८ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कम्पनीका बौनिया शाखा प्रमुख खडग सिंह गडसिलाले चेक हस्तान्तरण पछि पनि विमा चालु रहने बाकि किस्ता मिनाहा हुने र प्रत्येक महिनाको मासिक आय स्वरूप १ हजार ५ सय रुपैयाँ बच्चा बिमा अवधि सम्म पाउने साथै अन्तीममा विमा परिपक्व भएको समयमा विमांक रकम र बोनस पाउने बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*