नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

९ चैत्र २०७९, बिहीबार ११:५०

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफ्नो लगानी योग्य रकम नेपाली रुपैयाँ तथा अमेरिकन डलक क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

कम्पनीले उक्त रकम एक वर्ष वा सो भन्दा बढी अवधिको लागि लगानी गर्ने जनाएको छ । साथै राष्ट्र बैंकबाट क र ख वर्गका बैंक तथा वित्तीय संस्थाले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेशन सम्बन्धी फाराम भरी कम्पनीको वेबसाइट मा उपलब्ध गराउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*