पाटन नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, बीमाको जानकारी नभएको सहभागीहरुको गुनासो

९ चैत्र २०७९, बिहीबार १३:३३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीबाट बैतडी जिल्लाको पाटन नगरपालिकाको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिहं रावल, बिशेष अतिथिका रुपमा पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रसाद पाण्डे, तथा अतिथिहरुमा वडाध्यक्षहरु, नगरकार्य पालिकाका सदस्यहरु अन्य उपस्थितिहरुमा नगरपालिकाका वडा सदस्यहरु, पशुशाखा प्रमुख, कृषि शाखा प्रमुख, कृषि सहकारीहरुका प्रतिनिधि, स्थानीय अगुवा कृषकहरु लगायत स्थानीयहरूको १०० भन्दा बढी सहभागिता रहेको थियो ।

साथै उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालीले सञ्चालन गरेका थिए भने कार्यक्रममा सहायक निर्देशक प्रेम हरि पोखरेलले बीमा सम्बन्धि प्रस्तुती दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले बीमा को–को मार्फत गर्न पाइन्छ, कृषि बीमामा कति प्रतिशत सम्म दावी पाइन्छ, कृषि तथा पशुपन्छी बीमामा नेपाल सरकारले र प्रदेश सरकारले अनुदान दिएको कुरा जानकारी नभएको, कृषि बालीमा बदेलले नोक्सान गरेकोमा दावी पाइन्छ वा पाइदैन, बाख्रा बीमामा बाघले खाएकोमा दावी पाइन्छ वा पाइदैन जस्ता गुनासाहरु गरेका थिए ।

कृषि प्राविधिकले कृषि बीमाको प्रकृया झन्झटिलो रहेको हुदा यसलाई सरल र सहज गरिदिन आग्रह गरेका थिए । साथै कार्यक्रममा सहभागीहरूले राखेका गुनासाहरुको जबाफ प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले दिएका थिए । उक्त कार्यक्रममा पाटन नगरपालिकाका नगर प्रमसख गौरी सिहं रावलले नेपाल बीमा प्राधिकरणलाई बीमा सम्बन्धि कार्यक्रम यस नगरपालिकामा ल्याएकोमा धन्यवाद व्यक्त गरेका थिए ।

साथै यहाँका आम मानिसहरुको बाच्ने आधार भनेको कृषि पेसा नै भएकोले यसलाई बीमामा समेट्नको लागि विभिन्न नीति तथा योजना ल्याउन आफुले सबै जनप्रतिनिधि हरुको सहमति लिएर अगाडी बढ्ने कुरा राखेका थिए । कार्यक्रममा प्रदेश प्रमुख ओम बहादुर अधिकारीले नगरपालिका परिवार तथा बीमा कम्पनीका साथिहरुलाई सबै मानिसहरुलाई सहभागी गराई कार्यक्रम सफल पार्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । सहभागीहरुलाई यस कार्यक्रमबाट बीमा सम्बन्धि जतिपनि जानकारी लिएका छन् ती कुराहरुलाई अरुलाई पनि बुझाइदिनु हुन अनुरोध गरेका थिए ।

साथै सहभागिहरुलाई आफुले दैनिक जीवनमा गरिने अनावश्यक खर्चहरुलाई कटौती गरि थोरै थोरै रकम जम्मा गरेर आफ्नो जीवन बीमा गरी आर्थिक लाभ लिनु हुन अनुरोध गरेका थिए । साथै आफ्नो सम्पत्तिहरुको बीमा गरी ढुक्क हुन र नेपाल सरकारले कृषि तथा पशुपन्छी बीमामा दिएको ८० प्रतिशत अनुदान र प्रदेश सरकारले दिएको २० प्रतिशत अनुदान रकमलाई उपयोग गरि बीमा गर्न पनि आग्रह गरेका थिए ।

नगरपालिकाका जनप्रतिनिधिहरु समक्ष आमनागरिकहरुलाई बीमामा समेट्न नीति तथा कार्ययोजना बनाई लागू गरिदिनु हुन पनि अनुरोध गरेका थिए । अन्तमा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने नगरपालिका परिवारलाई, सम्पूर्ण सहभागीहरुलाई, बीमा कम्पनीका साथिहरुलाई र बीमा प्राधिकरणका साथिहरुलाई धन्यवाद दिदैं कार्यक्रम समापन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*