बीमा तथा बैंकका कर्मचारीहरुले २०८० सालमा ३५ दिन बिदा पाउने (कार्यतालिका सहित)

९ चैत्र २०७९, बिहीबार १४:२६

काठमाडौँ । आगामी वर्षका लागि बीमा, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पाउने बिदा घोषणा भएको छ । केन्द्रीय बैंकले आज (बिहिबार) एक सूचना जारी गर्दै २०८० सालमा वित्तीय क्षेत्रका कर्मचारीले पाउने सार्वजनिक बिदाको सुची सार्वजनिक गरेको हो ।

नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका कर्मचारीको बिदाबारे कुनै पनि सूचना प्रकाशन नगर्ने भएकोले बीमा क्षेत्रका कर्मचारीले पनि केन्द्रिय बैंकको सुचनाको आधारमा बिदा पाउनेछन् । जस अनुसार वर्षभरिमा कूल ३६५ दिनमा सबै गरी कर्मचारीहरूले ३५ दिन बिदा पाउनेछन् । वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन बीमा, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई बिदा दिने निर्णय गरेको केन्द्रीय बैंकले वैशाख १८ गते (मे १)मा विश्व मजदुर दिवसको दिन समेत कर्मचारीहरूलाई बिदा दिने निर्णय गरेको छ ।

Holiday-list-2080-Nepali

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*