नेपाल लाइफको सुनौलो जीवन बीमा योजनामा पेन्सन सुविधा प्लस, यस्ता छन् विशेषताहरु

९ चैत्र २०७९, बिहीबार १७:०५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ प्रोडक्ट लन्च गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गर्दै ‘नेपाल लाइफ सुनौंलो भविष्य जीवन बीमा योजना’ सार्वजनिक गरेको हो ।

एक बीमा योजनाबाट दुई सुविधा पाउने गरी कम्पनीले ल्याएको यस योजनाअन्तर्गत बीमितहरुले थप सुविधा पाउने कम्पनीले जनाएको छ ।

यस सुनौलो भविष्य जीवन बीमाका मुख्य विशेषताहरुमा सावधिक, अधिक भुक्तानी तथा आजीवन बीमा मुनाफामा सरिक हुने कम्पनीले जनाएको छ । सावधिक जीवन बीमाको हकमा न्यूनतम ५ वर्षदेखि अधिकतम ३५ वर्षसम्मको हुनेछ । साथै आजीवन बीमाको हकमा न्युनतम १५ वर्षदेखि अधिकतम ६२ वर्षसम्म जोखिम बहन हुनेछ ।

जस्तै, ६५ वर्षको व्यक्तिले बीमा गरेपछि उसको ७० वर्षमा बीमा अवधि पुरा हुन्छ, त्यो बेला बीमितले बीमाङ्क रकम लिनेछ र ७० वर्षपछि लगातार उक्त बीमितले बीमाङ्क रकमको ५ प्रतिशतका दरले ७९ वर्षसम्म प्राप्त गर्नेछ । ८० औं वर्षपछि सोही बीमितले बचतको आधा बोनस पाउनेछ । बीमा समाप्ति अधिकतम उमेर सावधिक जीवन बीमाको हकमा ७० वर्ष हुनेछ भने आजीवन बीमाको हकमा ८० वर्षको हुनेछ ।

‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात’ भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरिएको हो । एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सकिने यो जीवन बीमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा (मुनाफामा सरिक हुने) हो, जस्मा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहने तथा न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि ३५ वर्र्ष सम्म हुनेछ । यो योजनाको न्यूनतम बीमाङ्क रकम रू २५ हजार रुपैयाँ तथा अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिनेछ ।
यो योजनाले न्युन बीमाशुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ । यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधिभर बचत गर्न प्रोत्साहन गर्दछ । यस योजनाले तपाईंको अवकाशपछिको आर्थिक आवश्यकतालाई समेत समेट्दछ । यस योजनामा दुईवटा विकल्पहरु समावेश गरिएका छन् जसमध्य आफ्नो इच्छा र आवश्यकता अनुरुप बीमितले कुनै एउटामात्र विकल्पको छनोट गर्न सक्दछ ।

यस योजनाअन्तर्गत बीमितहरुले वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक, रुपमा बीमा शुल्क भुक्तानी गर्न सकिनेछ । साथै स्यालरि सेभिङ्ग स्किमअनुसार पनि बीमाशुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ भने एकल बीमाको हकमा भने केवल साविक जीवन बीमा मात्रै यो सुविधा उपलब्ध हुनेछ ।

साथै कम्पनीका अनुसार यस योजनाअन्तर्गत एकल बीमा शुल्क तिर्ने तरिका पेन्सन बीमालाई दिइने छैन । न्युतम बीमाङ्क रकम २५ हजार रुपैयाँको हुनेछ भने अधिकतम बीमाङ्क रकम आयस्राृेतको आधारमा जति पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत कर्जा लिन सकिने व्यवस्था पनि रहेको छ । वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात् समर्पण मूल्यको ९० प्रतिशतसम्म ऋण प्राप्त गर्न सकिनेछ ।

साथै यस योजनाअन्तर्गत दुर्घटना बीमा लाभ सुविधा समेत रहेको छ । १८ वर्ष माथिका बीमितले दुर्घटना बीमाको अतिरिक्त शुल्क तिरेर एक करोड सम्मको दुर्घटना बीमाको समेत सुविधा पाउन सक्नेछन् । साथै यस योजना अन्तर्गत १८ वर्षदेखि ७० वर्षसम्मका बीमितले एक करोड रुपैयाँसम्मको असक्तता बीमा सुविधा समेत पाउनेछन् ।
त्यस्तै, १८ वर्षमाथिका बीमितले अतिरिक्त बीमा शुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम ५० लाख रुपैयाँसम्मको यस योजनाअन्तर्गत घातक रोग बीमाको समेत सुधिवा पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*