सानिमा रिलायन्स लाइफको एकिकृत कारोबारको शुभारम्भ, सिनर्जी आउने गरि काम गर्न अध्यक्ष सिलवालको निर्देशन

९ चैत्र २०७९, बिहीबार १९:२५

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबारको शुभारम्भ भएको छा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीको एकिकृत कारोबारको शुभारम्भ गरेका हुन् । |

सोल्टी होटलमा आयोजना गरिएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवाल सहित कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु दिनेशलाल कर्ण, पुजन ढुङ्गेल अधिकारी, सुशिलदेव सुवेदी, दुबै बीमा कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारी, अधिकाश बीमा कम्पनीहरुको सिईओहरुको उपस्थिती रहेको थियो । कम्पनीले एकिकृत कारोबार पश्चात् थप गुणस्तरिय सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको क्षमता बढाउन क्यापिटल प्लान ल्याइएको र उक्त पूँजी पुर्याउन सके बोनस शेयर दिएर नसके मर्जर गरेर पुर्याउनु पर्ने प्राधिकरणको निर्देशनलाई कार्यान्वयन गरेको भन्दै धन्यवाद दिएका छन् । मर्जर सँगै सिर्जनी आउने गरी काम गर्न उनले आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले मर्जरले कम्पनीको पुँजी बढाउनुका साथै मर्जरको धेरै सवल पक्षहरु रहेको बताएका छन । साथै पुँजी बढाएर मात्र कम्पनी सुशासन नहुने पुँजीको सही सदुपयोग हुनुपर्ने बताए । उनले भने, “मर्जर सबै कुराको उपचार होइन, पुँजी बृद्दिसंगै यसको सही सदुपयोग पनि हुन आवश्यक छ, पुँजी उपयोगको सही उपाय दिन नेपाल बीमा प्राधिकरण सधै तत्पर छ ।”

साथै उनले कम्पनीहरुको सम्पूर्ण रिस्क सरकारले बेहोर्न नसक्ने समेत बताएका छन। कम्पनीहरुले नविनता, डिजिटलाइजेसन जस्ता कुराहरु मुखले मात्र नभई ब्यबहारमा समेत उतार्नुपर्ने उनले बताए ।

अब रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरमा हुनेछ । हाल रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब रुपैयाँ छ । मर्जरपछि चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ। बाँकि कम्पनीले बोनस शेयर जारी गरेर नियामक निकायले तोकको पुँजि बमोजिम पुराउनेछ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*