नयाँ वर्षदेखि लागू हुनेगरी बीमा कम्पनीहरुले नाफाको १.५ प्रतिशत रकम सामाजिक कार्यमा छुट्याउनुपर्ने

९ चैत्र २०७९, बिहीबार २१:३०

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले कमाएको खुद नाफाबाट १.५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्नुपर्ने बताएका छन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले नाफाबाट सो प्रतिशत यस्ता कार्यमा खर्चिनुपर्ने बतााएका हुन् ।

बीमा प्राधिकरणले कम्पनीहरुलाई यसअघि नै नाफाको १.५ प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत रही सामाजिक कार्यका लागि छुट्याउन निर्देशन दिएतापनि कम्पनीहरुले अटेर गरी यस्तो रकम नछुट्याएको उनले बताए । उनले भने, ‘सबै बीमा कम्पनीहरुले अब टोटल प्रोफिटको १.५ प्रतिशत रकम सामाजिक कार्यका लागि छु्ट्याउनुपर्छ, आगामी नयाँ वर्षदेखि लागू हुनेगरी अब कम्पनीहरुमा यो नियम लागू गर्नेछौं ।’

साथै कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले बीमा प्राधिकरणको कानून बमोजिम काम गर्न नपाइने र गरेको पाइएमा अब कडा रुपमा प्रस्तुत हुने समेत बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*