दुई बीमा कम्पनीको उच्च नेतृत्वमा महिला, सात बीमा कम्पनीको सञ्चालकमा महिलाको उपस्थिति शून्य, बीमा प्राधिकरण मौन

राजन कठायत
१० चैत्र २०७९, शुक्रबार १६:५७

काठमाडौं । नेपालको संविधानले हरेक क्षेत्रमा महिलाको स्थान ३३ प्रतिशत सुनिश्चित गरेको छ। हाल प्रचलनमा रहेको बीमा ऐन २०७९ मा हरेक बीमा कम्पनीमा एक जना सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्था छ । त्यस्तै, कम्पनी ऐनले समेत संचालनमा आएका वा आउने पब्लिक कम्पनीले एक जना महिला संचालक अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ। तर, नेपाली बीमा क्षेत्रमा सञ्चालित ३३ वटा निर्जीवन र जीवन बीमा कम्पनी मध्ये जम्मा दुई वटा नेशनल र प्रभु इन्स्योरेन्स मात्रै महिला अध्यक्ष छन् । बाँकी ३१ वटा बीमा कम्पनीमा पुरुष अध्यक्ष रहेका छन् ।

सञ्चालन रहेका बीमा कम्पनी मध्ये सात वटा बीमा कम्पनीमा महिलाको उपस्थिति शून्य छ । बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बिहिवार काठमाडौंमा आयोजित एक मर्जर कार्यक्रममा कानुन नमान्ने कम्पनीमाथि कारवाही गर्ने दृढता दोहोर्याए । तर, महिला सञ्चालक शून्य हुने बीमा कम्पनीहरुमाथि कस्तो कारवाही हुन्छ भविष्यमा नै हेर्नुपर्ने हुन्छ ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल समक्ष पद तथा गोपनियताको शपथ लिँदै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंह । फाइल तस्विर

जीवन बीमा कम्पनीहरु
जीवन बीमा क्षेत्रमा एक मात्र महिला अध्यक्ष छिन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा महिलालाई संचालक समितिको अध्यक्ष पदमा प्रेमा राज्य लक्ष्मी सिंह छिन्। कम्पनीकै संचालकमा भवानी राना छिन् ।
सर्वाधिक कारोबार गरेको नेपाल लाइफ इन्स्योरेन्सको संचालक समितिमा एक जना मात्र संचालक छन् । कम्पनीले संचालक समितिमा स्वतन्त्र संचालकको रुपमा पारुल ढकाल छिन् ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको संचालक समितिमा दुई जना महिला छन् । कम्पनीको संचालक समितिको संचालकमा निष्ठा प्रधानाङ्ग र साजल मास्के रहेकी छन् ।सूूर्यज्योति लाइफ इन्स्योरेन्सको संचालकमा एक जना महिला छिन् । कम्पनीको संचालक पदमा प्रिया तयाल छिन् ।

त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सको संचालक समितिमा दुई जना महिला संचालक छन्। कम्पनीको संचालक पदमा सन्तोष अग्रवाल र प्रमिला केसी अग्रवाल छन् ।
त्यस्तै, युनियन लाइफ इन्स्योरेन्सको संचालकमा सिमा गोल्छा, आइएमई लाइफ इन्स्योरेन्सको संचालकमा उषा ढकाल, सन नेपाल लाइफ इन्स्योरेन्सको संचालकमा नितु कयाल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको संचालक पदमा अन्जु पाण्डे पन्त सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा सरिता भट्ट अधिकारी र सिटिजन लाइफ इन्स्योरेन्सको संचालक पदमा दवा फुति शेर्पा बहाल रहेकी छिन् ।

त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्सको संचालक बिमला दहाल रेग्मी, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समितिमा सम्झना अर्याल बहाल रहेकी छिन् ।
नेपालमा संचालित जीवन बीमा कम्पनीहरुको संचालक समितिमा महिलाको सहभागिता धेरै न्युन रहेको पाइएको छ । हाल संचालनमा रहेको बीमा कम्पनीहरुको अधिकांस संचालक समितिमा १ जना महिलाको मात्र सहभागिता रहेको छ ।

नेपाल सरकारको पुर्ण स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थान, लाइफ इन्स्योरेन्स कर्पोरेशन, गुराँस लाइफ इन्स्योरेन्समा महिलाको सहभागिता शुन्य रहेको छ ।

निर्जीवन बीमा कम्पनीहरु

प्रभु इन्स्योरेन्स कम्पनीको संचालक समितिको अध्यक्षमा कुसुम लामा र संचालकमा शिक्षा भट्टचन बहाल रहेकी छिन्।

त्यस्तै, युनाइटेड इन्स्योरेन्स कम्पनीको संचालक समितिमा प्रियंका श्रेष्ठ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा जेसमिन हाडा बज्रचार्य, पु्रडेन्सियल इन्स्योरेन्सको संचालकमा नमिता शर्मा, शिखर इन्स्योरेन्सको संचालकडा.स्रुजना श्रेष्ठ, , एनएलजी इन्स्योरेन्सको संचालकमा अलिनी राना शाह र राष्ट्रिय बीमा कम्पनीको संचालक समितिमा सिर्जना पन्त बहाल छिन ।

त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्सको संचालक समितिमा मिता मुराराक अग्रवाल, अजोड इन्स्योरेन्सको संचालक समितिमा सिर्जना सुवेदी बहाल रहेकी छिन् ।निर्जीवन बीमा कम्पनीहरु मध्ये नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स र प्रुुडेन्सियल इन्स्योरेन्सको संचालक समितिमा महिला संचालकको सहभागिता शुन्य रहेको छ ।

नेपालको बीमा क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कुनै पनि कम्पनीमा महिला छैनन्। यसअघि युनाईटेड इन्स्योरेन्स कम्पनीमा उपासना पौडेल थिईन् । कार्यकाल नसकिदै उनले राजिनामा दिएर हाल उनी नेपाल रिमा आवद्ध छिन् ।

महिला संचालक शून्य भएका कम्पनी

जीवन बीमातर्फ नेपाल सरकारको पुर्ण स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थान, भारतीय कम्पनीको स्वामित्वमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन र गुराँस लाइफ इन्स्योरेन्समा महिलाको सहभागिता शुन्य रहेको छ ।

त्यस्तै, निर्जीवन बीमातर्फ नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स र प्रुुडेन्सियल इन्स्योरेन्सको संचालक समितिमा महिला संचालकको सहभागिता शुन्य रहेको छ ।

मुलुकमा बीमा कम्पनीको इतिहास आठ दशक लामो छ । यो लामो समयमा बीमा कम्पनीमा महिला संचालकहरु कानुनको दायरामा बाँधेर मात्रै राखिएको देखिन्छ ।हुन त नेपालको बैंक तथा बीमा क्षेत्रमा महिला संचालकको संख्या वृद्धि हुँदै गएको छ । समाजको विकाससँग यस क्षेत्रमा महिलाको प्रवेश बढेको हो ।घरभित्रको काम सम्हालिरहेका महिला पछिल्लो दशकमा भने हरेक क्षेत्रमा अगाडि बढ्दै गएको देखिन्छ ।

कुनै समय चुलो, चौका र भान्सामा सीमित महिलाको उपस्थिती पछिल्लो समय राज्यको हरेक तह र तप्कामा बाक्लिँदो छ । राजनीतिक दलहरुमा मात्र होइन, प्रशासन, सुरक्षा संयन्त्र, बैंक तथा वित्तीय क्षेत्र लगायतका अन्य निकायमा समेत महिलाको उपस्थिति बढ्दै गएको छ । उपस्थित मात्र होइन, नेतृत्व गर्ने स्थानमा समेत महिलाहरु पुगेका छन् र अब्बल कार्यसम्पादन गरेर देखाएका छन् ।घरधन्दामा सीमित रहँदा आर्थिक रुपमा पिछडिएका महिलाहरु वित्तीय क्षेत्रमा सक्रिय देखिन थालेका छन् । ७० वर्षे बीमाको इतिहासलाई हेर्दा यो सहभागिता सन्तोषजनक भने होइन । अझै पनि कतिपय बीमा कम्पनीको उच्च व्यवस्थापन तहमा महिला सहभागिता नै छैन ।

कम्पनीको संचालक प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन पदमा मात्रै होइन संचालक समितिमा समेत महिलाको उपस्थित न्यून छ ।केही बीमा कम्पनीको उच्च व्यवस्थापन समूहमा भने महिलाको प्रतिनिधित्व छ । तर, प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तरमा रहेर काम गर्ने महिला भने नगन्य छन्। नेपालमा संचालित जीवन र निर्जीवन बीमा कम्पनीहरुको संचालक समितिमा महिलाको सहभागिता न्युन रहेको छ । अधिकांश संचालक समितिमा महिलाको सहभागिता रहेको छैन।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*