एशियन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

१० चैत्र २०७९, शुक्रबार १७:०७

हेटौडा । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको हेटौंडा शाखाले बीमित स्व. कृष्णराम कार्कीको उत्तरी मकवानपुरस्थित पालुङस्थित घरैमा पुगेर मृत्यु दावी भुक्तानी गरेको हो ।

एशियन लाइफ इन्सोरेन्सको हेटौडा शाखाले बीमित थाहा नगरपालिका–४ बस्ने कृृष्णाराम कार्कीको घरमै पुगेर ५ लाख ४८ हजार ६ सय ७४ रुपैयाको चेक रकम प्रदान गरेको छ ।

बीमित कार्कीको उपचारको क्रममा गत कार्तिक २३ गते निधन भएको थियो । कार्कीले २०७७ आसार ३१ गते १५ वर्षीय ५ लाखको दम्पती सुरक्षा प्लस बीमा गराएका थिए । कार्कीले तीन किस्ता बापत कार्कीले १ लाख २६ हजार २ सय ४६ रुपैया मात्र बुझाएकोमा उनको निधन भएको थिो । कम्पनीेले बीमाङ्क रकममा बोनस थपेर भुक्तानी गरेको हो ।

एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड हेटौडा शाखाका प्रबन्धक हिरालाल श्रेष्ठ, सहायक शाखा प्रबन्धक शर्मिला बलामी, पालुङ उपशाखा प्रमुख आयुष बिक साथै थाहा नगरपालिका ४ का वडा अध्यक्ष नारायण लामाले संयुक्त रुपमा स्वर्गीय कार्कीकी पत्नी मिना कार्कीलाई चेक प्रदान गद श्रेष्ठले भने ‘बीमा बचतको साथै सुरक्षा पनि हो ।’ बीमाको महत्वबारे जानकारी गराउँदै ले उक्त कार्यक्रममा सुरक्षित जीवन र आर्थिक अवस्थाको लागि बीमा अनिर्वाय भएको बताए ।

दम्पत्ति सुरक्षा बीमा अन्तर्गत कार्कीकी पत्नी मिना कार्कीको जोखिम एशियन लाईफ इन्स्योरेन्सले अझै बहन गर्ने बताउँदै बीमा अवधी समाप्तीमा पुनः पाँच लाख पुन भुक्तान गर्ने प्रबन्धक श्रेष्ठले प्रष्ट पारे । -हेटौडाबाट राजु साहको सहयोगमा तयार सामग्री । 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*