जन्मदिनमा सुजताले पाइन् सुर्यज्योति लाइफको २० लाखको बीमा पोलिसी उपहार

१० चैत्र २०७९, शुक्रबार १७:४७

काठमाडौं । बढ्दो चेतनास्तर सँगै पछिल्लो समय विभिन्न उत्सवहरुमा गरगहना पैसा र जिन्सी सामानहरु उपहार स्वरुप दिनको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन फस्ट्याउदैँ गएको छ । जन्मदिन, विवाह, पास्नी, विवाह उत्सव जस्ता अवसरहरुमा अन्य भौतिक वस्तु भन्दा जीवन बीमा पोलिसी खरिद गरी उपहारस्वरुप दिने नयाँ खालको ट्रेन्ड चलेको छ ।

यसै बीच चितवनको राप्ति ७ बिरेन्द्रनगर बस्ने सुनिता विकले आफ्नो छोरी सुजता विकलाई बीमा पोलिसी उपहार दिएकी छिन् । सुर्यज्योती लाईफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर समेत रहेकी सुनिता विकले आफ्नो छोरीको जन्मदिनको अवसरमा उपहार स्वरुप जीवन बीमा उपहार दिएकी हुन् । उनले आफ्नी छारीलाई सुर्यज्योती लाइफ इन्स्योरेन्सको २० लाख रुपैयाँ बीमा शुल्कको सावधिक जिवन बीमा पोलिसी उपहार दिएको बताएकी छिन् ।

अन्य तडकभडक गरी उत्सव मनाउनुभन्दा भविष्यमा हुन सक्ने जोखिम बहन तथा सुरक्षित बचत हुने भएकोले बीमा पोलिसि उपहार दिने प्रचलन बढ्दै गएको सुर्यज्योती लाईफ इन्स्योरेन्स कम्पनिका टाँडी शाखा प्रमुख अनिल कु. बुढाथोकी बिशालले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*