नेशनल लाइफका २५० बढि अभिकर्ता–एजेन्सीहरु पोखरा–घलेगाउँ पर्यटन प्रबर्द्धन गर्दै

११ चैत्र २०७९, शनिबार २१:०९

काठमाडौं । देश आर्थिक रुपमा सङ्कटपूर्ण अवस्थामा रहेको बेला स्वदेशी पर्यटन व्यवसायीहरुलाई उत्साह प्रदान गर्ने गरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरा–घलेगाउँ पर्यटन प्रबर्द्धन सुरु गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आन्तरिक पर्यटन प्रबर्द्धन गर्न र उत्कृष्ट तथा सिनियर एजेन्सीहरुलाई पुनर्ताजगी तालिमका लागि देशैभरिका २५० भन्दा बढि अभिकर्ता तथा एजेन्सीहरु पोखरामा भेला भई आज लमजुङको घलेगाउँ पुगेका छन् ।


नेपालकै दोस्रो ठूलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत अभिकर्ता तथा एजेन्सीहरु हिजो शुक्रबार नै पोखरामा पुगेका थिए । शनिबार विहानै कम्पनीका सिईओ सुरेश प्रसाद खत्री, मार्केटिङ विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणासहितको उपस्थितिमा पर्यटन अभियान सहित घलेगाउँतर्फ प्रस्थान गरेको थियो । कार्यक्रममा कम्पनीका सल्लाहकार तथा पूर्व सिईओ भरत बस्नेत पनि उपस्थित रहेका छन् । 


कम्पनीले निश्चित समय तोकेर दिएको लक्ष्य पुरा गर्न सफल देशैभरिबाट छानिएका २५० जना उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरु तथा कम्पनीका सिईओ, विभागीय प्रमुख सहितको टोली सहित करिब २८० जनाको जम्बो टोलीलाई घलेगाउँमा आज साँझ भव्य स्वागत गरिएको छ । 


चैत १०, ११ र १२ गते तीन दिनसम्म चल्ने कार्यक्रममा एजेन्सी तथा अभिकर्ताहरुलाई रिफ्रेसमेन्ट तालिम तथा पुनर्ताजगी तालिम प्रदान गरिनेछ । कम्पनीले देशमा उत्पन्न आर्थिक संकटका बीचमा जीवन बीमा व्यवसायलाई गतिशील बनाउने र बीमितलाई हौसला प्रदान गर्ने सहितका व्यवसाय रणनीति तयार पारेर आफ्ना अभिकर्ता तथा एजेन्सीमार्फत देशैभरि परिचालन गर्ने लक्ष्य लिएको छ । 

 

नेशनल लाइफको टोली भोलि आइतबार पोखरा फर्किनेछ । सो अभियानको क्रममा कलाकार संदिप क्षेत्रीले आइतबार सांगितिक कार्यक्रम प्रस्तुत गर्नेछन् । नेशनल लाइफले ११ वटा बसमा आफ्ना अभिकर्ता तथा एजेन्सीहरुलाई घलेगाँउ पुर्याएको हो । नेशनल लाइफको जम्बो टोली घलेगाउँमा उपस्थित भएपनि लामो समयदेखि पर्यटकको प्रतिक्षामा बसेका घलेगाउँका स्थानीय पर्यटन व्यवसायीहरु निकै उत्साहित देखिएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*