गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस शेयरमा लाग्ने कर शेयरधनी आफैंले तिर्नुपर्ने

१२ चैत्र २०७९, आईतवार १०:१४

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको १३.२७१२ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

साथै सो बोनस शेयरमा लाग्ने कर भने शेयरधनीहरुले आफैं चुक्ता गर्नुपर्ने कम्पनीले जनाएको छ । सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*