सानिमा रिलायन्स लाइफको नयाँ संचालक समिति गठन, कम्पनी सचिवमा प्रिती श्रेष्ठ नियुक्त

१२ चैत्र २०७९, आईतवार १०:२८

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ संचालक समिति गठन भएको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एकआपसमा मर्ज भई चैत ९ गतेखि ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’ को नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।

एकीकृत कारोबार सुरु गरेसँगै कम्पनीले नयाँ संचालक समिति गठन गरेको हो । जसमा संचालक समितिको अध्यक्षमा तारा चन्द केडिया नियुक्त भएका छन् । त्यस्तै अन्य संचालकमा धनश्याम थापा, भरत कुमार तोदी, सुवर्ण दास श्रेष्ठ, परिक्षित खेम्का, केशव राज केसी र स्वतन्त्र संचालकमा सरीता भट्ट अधिकारी रहेका छन् । कम्पनीको एकीकृत कारोबार पश्चात् बसेको संचालक समितिको बैठकले नयाँ संचालक समिति गठन गरेको हो ।

सोही बैठकले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा प्रिती श्रेष्ठलाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*