जन्मदिनमा दिनेशले पाए सानिमा रिलायन्स लाइफको जीवन पोलिसी उपहार

१२ चैत्र २०७९, आईतवार ११:१४

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । ब्रतबन्ध, जन्मदिन, विबाह, पास्नी र विवाह उत्सव जस्ता अवसरमा आफ्ना परिवार, इष्टमित्र तथा साथीभाईलाई जीवन बीमा पोलिसी खरिद गरी उपहार दिने नयाँ ट्रेन्ड नै चलेको छ ।

यसैबीच सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबारको पहिलो दिन काठमाडौं १६ बनस्थलीमा बसोबास गर्ने पुरुषोत्तम पाण्डे र तुलसा देवी पाण्डेले आफ्नो छोरा दिपेश पाण्डेलाई जन्मदिनको अवसरमा ८ लाख रुपैयाँको जीवन बीमा पोलिसी उपहार दिएका छन् ।

उक्त बीमालेख पाटन रिजन अन्तर्गत किर्तिपुर शाखाबाट जारी गरी शाखाका प्रमुख विजया लक्ष्मी एैरले बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*