सुन प्रतितोला एक हजार रुपैयाँले घट्यो

१४ चैत्र २०७९, मंगलवार ११:१४

काठमाडौं । सुनको मूल्यले मंगलबारदेखि घट्नेनिरन्तरता पाएको छ।आइतबार प्रतितोला छ सय रुपैयाँ, सोमबार प्रतितोला दुई सय रुपैयाँ र आज प्रतितोला एक हजार रुपैयाँले सुनको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो।

सोमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको हो।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*