फागुनमा मात्रै जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन १० अर्बमाथि, अधिकांशको व्यवसाय घट्दा मेट र रिलायन्स लाइफको देखियो प्रगति (तथ्याङ्कसहित)

१५ चैत्र २०७९, बुधबार १४:५०

काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै १० अर्ब ३६ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको ब्यापार माघ महिनाको तुलनामा ११.७३ प्रशितले घट्न पुगेको हो ।

माघ महिनामा १८ जीवन बीमा कम्पनीहरुले ११ अर्ब ७३ करोड ९३ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका थिए । १८ मध्ये अधिकांश जीवन बीमा कम्पनीको बीमा ब्यवसाय फागुन महिनामा खस्किएको छ भने दुई जीवन बीमा कम्पनीले माघको तुलनमा फागुनमा व्यवसाय बढाएका छन् ।

माघको दाँजोमा फागुनमा सबैभन्दा व्यवसाय बढी बढाउने कम्पनीमा मेट लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले माघको तुलनामा फागुनमा २१.६३ प्रतिशतले व्यवसाय बढाएकोछ । त्यस्तै, यता रिलायन्स लाइफले पनि माघ महिनाको तुलनामा फागुन महिनामा आफ्नो विजनेशमा सुधार गरेको तथ्याङ्कले देखाएको छ ।

माघ महिनामा २८ करोड ६ लाख रुपैयाँ मात्रै प्रिमियम कलेक्सन गरेको रिलायन्स लाइफले फागुन महिनामा २.२८ प्रतिशतले बिजनेश बढाएर २८ करोड ७० लाख रुपैयाँ प्रिमियम कलेक्सन गर्न सफल भएको छ ।

त्यस्तै, दुई कम्पनीको मात्रै बिजनेश बढ्दा बाँकी १६ वटा कम्पनीको कुल बीमा शुल्क आर्जन भने घट्न पुगेको छ । सातवटा कम्पनीको व्यवसाय १० प्रतिशतभन्दा कमले घटेको छ भने पाँचवटा कम्पनीको व्यवसाय १० प्रतिशतदेखि २० प्रतिशतको हाराहारीमा खस्किएको छ ।

त्यस्तै, चारवटा जीवन बीमा कम्पनीको व्यवसाय माघ महिनाको तुलनामा फागुन महिनामा २० प्रतिशतभन्दा बढीले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*