एनएलजी इन्स्योरेन्समा नेशनल लाइफको मात्रै ५० प्रतिशत लगानी, अन्य कुनको कति ?

१६ चैत्र २०७९, बिहीबार १२:४५

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा ५ जना शेयरधनीहरुको एक प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेको छ । कम्पनीले सार्वजनिक गरेको आव २०७८।७९ को वार्षिक प्रतिवेदन अनुसार एक वा सो भन्दा बढी प्रतिशत शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या ५ मात्र रहेको छ ।

जसमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सको शेयर स्वामित्व रहेको छ । प्रतिवेदन अनुसार नेशनल लाइफको मात्रै एनएलजी इन्स्योरेन्समा ५० प्रतिशत अर्थात ६६ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ ।

साथै, कम्पनीका अर्का संस्थापक शेयरधनी सिद्धेश्वर कुमार सिंहको २ दशमलव ५५ प्रतिशत वा ३ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ । त्यस्तै, तेस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । कम्पनीमा बैंकको २ प्रतिशतले हुन आउने २ करोड ६५ लाख रुपैयाँको शेयर स्वामित्व रहेको छ । त्यस्तै, कम्पनीमा रण बहादुर शाहको १ दशमलव ३८ प्रतिशतले १ करोड ८३ लाख रुपैयाँ र तेजस्वी राजेस्वी राणाको १ दशमलव १२ प्रतिशतले १ करोड १२ रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ ।

कम्पनीमा संस्थापक समुह अन्तर्गतका नेपाली संगठित संस्थाहरु, नेपाली नागरिक र विदेशी संस्थाहरुको गरी कुल ५१ प्रतिशतले हुन आउने ६७ लाख ६५ हजार ७३३ कित्ता शेयर स्वामित्व रहेको छ । त्यस्तै, कम्पनीमा सर्वसाधारण समुह अन्र्तगत ‘ख’ र ‘ग’का शेयरधनीहरुको ४९ प्रतिशतले हुन आउने ६५ लाख ४१० कित्ता शेयर स्वामित्व रहेको छ ।

No description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*