सप्तरीमा बीमा रकम हत्याउन श्रीमतीद्धारा श्रीमानको हत्या, पाँच महिनापछि खुल्यो रहस्य

१६ चैत्र २०७९, बिहीबार १३:५२

काठमाडौं । सप्तरीमा बीमा रकमको लागि आफनौ श्रीमान्को हत्या गरेको खुलेको छ । बीमा रकम पाउन लोभमा श्रीमतीले आफनौ श्रीमान्को हत्या गरेको प्रहरीले खुलासा गरेको छ।ऋणको बोझ धेरै भएपछि बीमा रकमबाट उक्त ब्याज तिर्ने विकल्प खोज्दै श्रीमतीले आफनै श्रीमान्को हत्या गरेको हो । ऋणको ब्याज तिर्न ३७ वर्षीय शिवशंकर दास को हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दास सहित अन्य तीनजना पक्राउ परेका छन्।

यो घटना सप्तरी कञ्चनरुप नगरपालिका–३ दास टोलको हो । कात्तिक ६ गते घरभित्र करेन्ट लागेर शिव शंकरको मृत्यु भएको भन्दै श्रीमती कोशिलाले प्रहरीलाई जानकारी दिएकी थिईन् ।उनको यो खबर प्राप्त हुने बित्तिकै प्रहरी घटनास्थलमा पुग्दछ । घटनास्थलमा प्रहरीले पनि तत्कालिन अवस्थामा करेन्ट लागेर शिवशंकरको मृत्यु भएको कुरा स्वीकार गर्दछ ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा पाँच महिनापछि शिवशंकरको हत्या भएको रहस्य खुलेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यायल कञ्चनपुरले हत्यामा संलग्न रहेको आरोपमा मृतक शिवशंकरकी पत्नी कोशिला, नतामा भाउजू पर्ने शान्ति देवी, बुहारी पर्ने हिरणदेवी दासलाई पक्राउ गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*